सुन्दै अचम्म ; याँहा हुन्छ प्रत्येक बर्ष बेहुलाको खरीद बिक्री
19-July-2016

सुनेरै अचम्ममा पर्नुभयो हैन ? पत्याउनै मुस्किल । तर यो अनौठो परम्परा हाम्रै छिमेकी देश भारतमा छ । हृो, भारतको बिहारस्थित मधुवनीमा हरेक वर्ष बेहुलाको मेला लाग्दछ । उक्त मेलामा हरेक वर्ष बेहुलाहरुको किनबेच हुन्छ ।

१४ औँ सताब्दीबाट बिहारमा यो परम्परा कायम छ । उक्त मेलामा लगिएका बेहुलाहरुलाई केटी बा आमाले छान्दछन् र आफ्नो ज्वाइँ बनाउनका लागि खरीद गर्दछन् । बिवाहअघि केटा र केटी दुबै पक्षले एक अर्कालाई राम्रोसँग चिनाजानी गर्दछन् र आपसी सहमतिमा दर्ता गरी विवाह सम्पन्न गरिन्छ ।

मिथिला नरेश हरि सिंह देवले सन् १३१० मा दाइजो प्रथा रोक्नका लागि यो प्रथा सुरु गरेको बताइन्छ ।

अहिले यो मेलाको महत्व कम हुँदै गएको छ । आजकल यो मेलामा सहभागी हुनेहरु तथा त्यहाँबाट युवक खरीद गर्नेहरु केवल गरीब परिवारका हुने गरेका छन् ।

Write a Comment

Events
Random Picks