आफ्ना प्रयोगकर्ताका लागी फेसबुकले ल्यायो नयाँ फिचर
30-May-2015

 

 

 

 

 

 

 

जक्सन डटकम, जेठ १६ । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नयाँ फिचर सुरु गरेको छ ।

यसअघि टेक्स्ट, फोटो र भिडियो मात्रै स्टाटसमा रुपमा पोष्ट गर्दै आएका फेसबुक प्रयोगकर्ता अबदेखि जि आई एफ फम्र्याटको तस्विरलाई समेत प्रयोग गर्न सक्नेछन् ।

जि आई एफ तस्विर यस्तो तस्विर हो जुन भिडियोजस्तै चलायमान हुन्छ तर निकै कम साईज र आवाजरहित । अब जि आई एफ फम्र्याटको तस्विरलाई फेसबुकले सजिलैसँग सपोर्ट गर्नेछ । गुगल लगायतका अन्य सर्च इन्जिनबाट खोजिएका यस्ता तस्विर पनि सजिलै भेटिनेछन् ।

फेसबुकले जि आई एफ ईमेज पोष्ट गर्ने सुविधा सार्वजनिक गर्न २ बर्ष अघिदेखि नै तयारी गरिरहेपनि बल्ल आएर सबैका लागि पोष्ट गर्न मिल्ने बनाएको हो ।

फेसबुकको यो नयाँ फिचरले प्रयोगकर्तालाई अझ उत्साहित बनाउने र उनीहरुका कार्यलाई अझै सजिलोसँग फेसबुकमार्फत् सार्वजनिक गर्न सक्ने अपेक्षा राखेको छ ।

Write a Comment

Events
Random Picks