हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज'को ट्रेलरमा यस्तो देखियो नेपाल (भिडियो)
28-July-2016

हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’ को ट्रेलर रिलिज भएको छ।  दुई मिनेट २१ सेकेन्डको उक्त ट्रेलरमा स्वयम्भुनाथ, ठमेल, न्युरोड र पाटन दरबार स्क्वायरका दृश्य अटाएका छन्। हलिउडको चर्चित मार्वल स्टुडियोले निर्माण गरेको फिल्म खिच्न टोली सन् २०१५ नोभेम्बरमा नेपाल आएको थियो। फिल्म अमेरिका, बेलायत र हङकङमासमेत खिचिएको छ।

स्टक डेरिक्सन निर्देशित फिल्ममा बेन्डिक्ट कम्बरब्याक, चिवेटल एजिअफर, ¥याचेल म्याकआडम्स, माइकल स्टुलबर्ग, म्याड्स मिकेल्सनलगायतले अभिनय गरेका छन्।

फिल्म यसै वर्ष नोभेम्बर ४ मा रिलिज हुनेछ।

Write a Comment