शाहरुखका छोरा धुम-५ वाट डेब्यु गर्ने
4-August-2016

मुम्बई । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले धुम-५ वाट डेब्यु गर्ने भएका छन् । केहि भारतीय मिडियाले उल्लेख गरे अनुसार पढाई सकिने बित्तिकै आर्यनले फिल्ममा डेब्यु गर्ने छन् । केहि अनलाइनले उल्लेख गरे अनुसार धुम-५ वाट डेब्यु गर्ने विषयमा अहिले छलफल भइरहेको छ ।

त्यसो त धुम-४ कै विषयमा अहिलेसम्म निर्माण संस्था निर्णयमा पुगिसकेको छैन । धुम-४ मा सलमान खान र रणबीर सिंहले अभिनय गर्ने भनेपनि अहिलेसम्म खान र सिंहसंग सम्झौता भएको छैन ।

केहि समय अघि शाहरुखले आफुले पढाई पुरा गरेको जानकारी दिँदै आफ्नो छोरा पनि पढाई पुरा गरेर मात्रै फिल्ममा आउने बताएका थिए । यदि धुम-५ मा आर्यन अनुबन्ध भए भने उनले मार्शल आर्टका केहि कला देखाउनुपर्ने हुन्छ ।

Write a Comment

Events