शाहरुख संग माग्यो अमेरिकाले माफि
12-August-2016

बलिउड अभिनेता शाहरुख खानलाई लस एन्जलस एयरपोर्टमा हिरासतमा लिइएकोमा भारतका लागि अमेरिकी राजदुत रिचार्ड वर्माले दुःख व्यक्त गरेका छन् ।

उनले अब फेरि यस्तो नहोस् भन्ने सुनिश्चित गर्न काम गरिरहेको समेत बताएका छन् । शाहरुखलाई हिरासतमा लिएको अपसोच व्यक्ति गर्दै उनले ट्वीट गरेका छन्, ‘तपाईको काम लाखौं मानिसलाई प्रेरित गर्नु हो, जसमा अमेरिकी पनि पर्छन् ।’

शाहरुखले शुक्रबार बताएका थिए कि अमेरिकी एयरपोर्टमा उनलाई हिरासतमा लिइएको थियो ।

उनले अमेरिकी राजदूतको ट्वीटको जवाफ दिएका छन् । उनले प्रोटोकलको आफूले सम्मान गर्ने र त्यसमाथि आफूलाई नसम्भिmएको भन्दै भनेका छन्, धन्यवाद यसबारे तपाईले चासो राख्नुभयो ।’

अर्को एक ट्वीटमा उनले एयरपोर्टमा हिरासतमा रहँदा आफूले पोकोमन गो खेलेको बताएका छन् ।

शाहरुख अमेरिकी विमानस्थलमा पक्राउ परेको यो पहिलो घटना भने होइन । २०१२ मा उनलाई न्यूयोर्कको हजाई अड्डामा झण्डै २ घन्टा हिरासतमा लिइएको थियो ।

Write a Comment

Events
Random Picks