भदौ ४ मा ‘योलो समर पुल पार्टी’ ( फाईल भिडीयो सहित )
16-August-2016

पोखरा ३२ साउन । पानीमा भिज्दै , संगितमा झुम्दै खानपिनमा रमाउन चाहनुहुन्छ भने तपाईको यो चाहना पुरा हुने भएको छ । भदौ ४ गते पोखराको पाँच तारे होटल फुलवारी रिसोर्टमा हुने पुल पार्टीमा तपाईले यो आनन्द लिन सक्नुहुनेछ ।

इभेन्ट म्यानेजमेन्ट कम्पनी लेभल नेक्स्टको आयोजनामा ‘योलो समर पुल पार्टी ’ हुन लागेको हो । पोखरामा हुने अन्य पुल पार्टीको तुलनामा निकै फरक र आकर्षक रुपमा यो पार्टी आयोजना गर्न लागिएको मंगलवार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।

यो इभेन्टमा पानीमा पौडनुको साथै खानपान र संगीतमा झुम्न सकिनेछ । आयोजक कम्पनीका प्रबन्ध निर्देशक सिर्जना भूर्तेलका अनुसार पार्टीमा डिजे आशिष र कान्मेको प्रस्तुती रहनेछ । यो पार्टीमा एक हजार भन्दा बढीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । पार्टीमा पोखरा सहित बाग्लुङ, तनहु र काठमाडौंदेखि सहभागि आउने दावि गरिएको छ ।

डिजेको माध्यमबाट हुने सांगीतिक प्रस्तुती र खानपान सहितको रमाइलो पार्टीको प्रमुख आकर्षण रहेको आयोजकले जनाएको छ । लगातार पाँच घण्टा सम्म चल्ने पाटीमा सहभागिले भरपुर आनन्द लिन सक्ने मिडिया कोअर्डिनेटर विजय लम्सालले बताए ।

सामाजिक संस्था रोक्ट्रयाक्ट क्लब अफ फिस्टेलसँग मिलेर कम्पनीले पार्टी सञ्चालन गर्दै आएको छ । तीन बर्ष अघि देखि पोखरामा इभेन्ट म्यानेजमेन्ट कम्पनीको रुपमा स्थापित लेभल नेक्स्टले प्रत्येक बर्ष पुल पार्टी गर्दै आएको छ । बार्षिक कार्यक्रमको रुपमा हुदै आएको योलो समर पुल पार्टीको यो तेस्रो संस्करण हो ।

पार्टी सम्पन्न गर्न साढे तीन लाख खर्च लाग्ने र झण्डै ५ देखि ६ लाख रुपैया आम्दानीको लक्ष्य राखिएको छ । पार्टी भएको नाफा रकम रोक्ट्रयाक्ट क्लब अफ फिस्टेलसँगको सहकार्यमा सामाजिक कार्यक्रममा खर्चिने प्रबन्ध निर्देशक भूर्तेलले बताईन् ।

शब्द साभार : पिसपोखरा डट कम 

Write a Comment

Events
Random Picks