" शरीर बेच्नेलाई समातिस तर देश बेच्नेलाई छोड्दीस " : लाउरे ( भिडियो सहित )
16-August-2016

' लाउरे ' नाम कुनै परिचय दिनु पर्ने नाम होईन । अहिलेका टिनेजरहरुको  प्रिय पात्र लाउरे यानेकि आशिष राना । उनको गितहरु खासगरी अनलाईन र युट्युबमा एकदमै हिट छन् । उनको गीतहरुमा गालि हुन्छन र यथार्त पनि  ! समाज, सरकार र सिस्टमलाई गालि गर्नेगर्छन उनि । यस्तै यथार्थ र गालिहरुले भरिएको एउटा नया गित युट्युबमा सार्बजनिक गरेको छ लाउरे एण्ड ब्याण्डले ।
 गितमा लाउरे भन्दैछन " शरीर बेच्नेलाई समातिस तर देश बेच्नेलाई छोड्दीस " , " साथि हो यो मेरो गित मात्र होईन यो त क्रान्ति हो " ।

" साथि हो " टाईटल राखिएको गितमा लाउरे संगै दिपक लामा  सहितको ब्याण्ड गाउदै गरेको देखिएका छन् । प्रेम जोडीको रुपमा देखिएका छन्  सम्राट थापा र साबिया पुन । ब्याड कम्पनिले प्रस्तुत गरेको गित लाउरे एण्ड ब्याण्डले लेखेका र कम्पोज गरेका हुन् भने रेकर्ड पल्स रेकर्डिङ्ग स्टुडियोमा भएको हो । करिब डेड  लाखले हेरिसकेका , नेप्टिभ्सले खिचेको सो भिडियोमा लाईम लाईटको सम्पादन रहेको छ भने  जक्सन डट कम गीतको मिडिया पार्टनरको रुपमा रहेको छ ।

see more http://jukson.com/model/lahure