काजोलले अस्वीकार गरिन् ‘दबङ्ग ३’ को अफर
19-August-2016

 

मुम्बई – दबङको तेस्रो संस्करणमा दुई जना नाइका हुने पक्का भइसकेको छ । शुरुमा चलचित्रमा परिणिती चोपडालाई यसमा साइन गरिएको खबर आए पनि पछि चलचित्रका निर्माता अरबाज खानले दबङ्ग ३ मा सोनाक्षी सिन्हा पनि हुने स्पष्ट पारेका थिए । यद्यपि, चलचित्रमा सोनाक्षी सिन्हा रहन्छिन् वा रहँदिनन् भन्ने अझै सस्पेन्स बाँकी नै रहेको छ । अरबाज खानले नै एक अन्तर्वार्तामा स्क्रिप्टको अनुसार सोनाक्षीको रोल तय गरिने बताएका थिए । यद्यपि, स्क्रिप्टमा बदलाव पछि चलचत्रिमा सोनाक्षी नरहेको खबर अरबाज निकटबाटै आएको थियो । भारतीय मिडियाका अनुसार हालै मात्र चलचित्रका लागि काजोललाई पनि सम्पर्क गरिएको थियो, तर काजोलले भने चलचित्र अस्वीकार गरिदिइन् । स्रोतलाई उल्लेख गर्दै भनिएको छ, दबङ्ग ३ मा हिरोइनको निकै सशक्त भूमिका रहेको छ । त्यही भएर अरबाज चलचित्रमा लोकप्रियका साथै अभिनयमा पनि दख्खल राख्ने नायिका राख्न चाहन्छन् । तर, चलचित्र छनौट गर्ने मामिलामा काजोललाई कठोर मानिन्छ । उनले थ्री इडियट्स जस्ता चलचित्र समेत नकारेकी थिइन् । अरबाजको दाबी विपरित चलचित्रमा आफ्नो भूमिका सशक्त भूमिका नपाएपछि काजोलले चलचित्रमा काम नगर्ने भएको बताइउको छ । दिलवाले चलचित्रमा अनुभव राम्रो नभएपछि उनले नयाँ चलचित्र छनौट गर्दा निकै ध्यान दिइरहेको बताइएको छ । यसअघि दुवै संस्करणमा सलमान खानको साथमा सोनाक्षी मुख्य भूमिकामा थिइन् ।

Write a Comment

Events
Random Picks