ट्रेलरमा आधि अनुहार मात्र देखिएकी नम्रता ' ब्रासलेट ' को रहस्य
30-August-2016

निर्मल शर्मा (गैंडा) को निर्देशन तथा केशव भट्टराईको निर्माणमा पुर्ण रुपमा पारीवारीक धारमा बनेको चलचीत्र ब्रासलेट भाद्र १७ गते शुक्रबार देखी देशभरका ५५ भन्दा बढि हलमा प्रर्दशन हुदैछ । 
चलचित्रका मुख्य नायकका  रुपमा रहेका रमेश उप्रेती र उनको श्रीमतीको भुमिकामा देखीएकी नायीका रजनी के.सी घुम्ने शिलशिलामा पोखरा जान्छन र त्यहा भयानक दुर्घटना हुन्छ यहि बाट फिल्ममा ब्रासलेट भनेको के हो र यसको के महत्व छ भन्ने खुल्ने निर्देशक निर्मल शर्मा बताउछन । फिल्म पुर्ण रुपमा पैसा असुल फिल्म भएकोले सम्पृुर्ण दर्शकलाई भाद्र १७ गते मात्र फिल्म हेर्न आउने र  त्यसपछि दर्शक आफैले दर्शक लैजानेमा  बिश्स्वस्त छन् ।

चलचित्रकी अर्की नायिका नम्रता सापकोटा पनि ' ब्रासलेट ' बाट आशाबादी छिन । चलचित्र राम्रो बनेको , आफुलाई एकदमै गर्न मन लागेको रोल पाएको र आफुले सक्दो राम्रो काम गरेको उनि बताएकी छिन  । चलचित्रको ट्रेलरमा आधि अनुहार मात्र देखिएकी नम्रता, ' ब्रासलेट ' को रहस्य आफ्नो भूमिकाले प्रस्ट्याउने र आफु कथाको रहस्य पात्र भएकाले ट्रेलरमा नदेखिएको दाबि गरेकी छिन ।

Write a Comment

Events
Random Picks