'पोखरा सिनेप्लेक्स' अब 'क्यु एफ एक्स सिनेमाज पोखरा सिनेप्लेक्स' हुने
8-September-2016

नेपालकै सर्वाधिक ठूलो र स्तरीय मल्टीप्लेक्स च्यानल QFX सिनेमाजको फ्रेन्चाईज पोखरामा पनि सुरु भएको छ । जारी विज्ञप्ती अनुसार गत बर्ष मात्र पोखरा चिप्लेढुंगा स्थित ट्रेड  मलमा सञ्चालनमा आएको पोखरा सिने प्लेक्सको सम्पूर्ण ब्यवस्थापकिय जिम्मेबारी QFX सिनेमाजले हेर्ने गरी दुई पक्ष सम्झौता भएको हो । QFX ले पोखरा सिने प्लेक्स सञ्चालन गरिरहेको कम्पनी मनकामना माई इन्टरटेनमेन्ट प्रा. लि. संग ब्यवस्थापकिय सम्झौता गरेसंगै सिने प्लेक्सको नाम परिवर्तन भएर QFX Cinemas, Cineplex Pokhara  राखिएको छ ।  टुके प्रोजेक्सन जडान रहेको सिने प्लेक्समा २३६ र  ३२१ सिट क्षमताका २ वटा अडिटोरियम छन् । १६ बर्ष अघि राजधानीको जय नेपाल हललाई पुन निर्माण गरेर अत्याधुनिक प्रबिधिहरु भित्राउँदै फिल्म देखाउँदै आएको QFX को राजधानीमा QFX जय नेपाल, QFX कुमारी, QFX सेन्ट्रोल  सिभिल मल  र पुल्चौकमा QFX लाविम सञ्चालनमा छ भने मोफसल तर्फ नारायणगढमा QFX जल्मा र नेपालगञ्जमा QFX बागेश्वरी सहित पोखराको नयाँ फ्रेन्चाईज संख्या जोड्दा ७ पुगेको छ ।

Write a Comment

Events
Random Picks