‘प्रेमगीत २’की नायिका यति हट
9-September-2016

गतबर्षको सर्वाधिक चर्चित चलचित्र ‘प्रेमगीत’को दोश्रो श्रृङ्खला ‘प्रेमगीत २’का लागि नयाँ अनुहार फाइनल गरिएको छ । निर्माणपक्षले केही समय लगाएर अश्लिषा ठकुरीलाई नायिकाको रुपमा फाइनल गरेको हो ।

निर्माता सन्तोष सेनले अश्लिषा फाइनल भएको पुष्टी गरे । उनले ठकुरीको लुक्स र अभिनय क्षमता हेरेरै उनलाई चलचित्रमा लिएको बताए ।

२२ बर्षकी अश्लिषाले ६ महिनाको अभिनय कोर्स पनि सिकेकी छिन् । उनी थिएटरबाट चलचित्रमा प्रवेश गर्न लागेकी कलाकार हुन् । विरेन्द्र हमाल र सुनिल पोख्रेलबाट उनले अभिनय कोर्स सिकेकी हुन् । कात्तिकबाट छायांकनमा जाने चलचित्रमा नायक प्रदिप खड्काले अब अश्लिषासँग रोमान्स गर्नेछन् 

सन्तोषले भने-‘हामीलाई बर्मेली लुक्स भएको यूवती चाहिएको थियो । जुन अश्लिषाको भएकाले पनि चलचित्रमा अनुवन्धित गर्न सजिलो भयो ।’ चलचित्रलाई रामशरण पाठकले निर्देशन गर्दैछन् । थाइल्याण्ड, बर्मा र नेपालमा चलचित्रको छायांकन हुनेछ ।

Write a Comment

Events
Random Picks