छक्का–पञ्जामा आर्यन सिग्देलको सरप्राईज रोल
9-September-2016

भदौ २४, पोखरा 

दीपाश्रीको डेब्यू निर्देशन रहेको चलचित्र छक्का–पञ्जा शुक्रबारबाट अलनेपाल रिलिज भएको छ। 
नेपालभरका ८० हलहरुमा एकसाथ  रिलिज गरिएको चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, बुद्धि तामाङ, शिबहरि पौडेल र केदार घिमिरे, प्रियंका कार्की, नम्रता सापकाेटा र बर्षा राउत काे मुख्य भुमिका छ ।

चलचित्रको प्रोमो र प्रचार प्रसारमा कतै नखुलाइएको एउटा चर्चित अनुहार फिल्ममा देख्न पाईन्छ, ति हुन् आर्यन सिग्देल । आर्यनको गेस्ट अपिएरेन्सले (अतिथि भूमिका)  फिल्मलाई रोचक बनाएको छ ।
यता गत हप्ता मात्र रिलिज भएको चलचित्र ' ब्रासलेट ' को छोटो भूमिका बाटै राम्रो छाप छोडेकी नायिका नम्रता सापकोटा चुलबुलि गाउले केटिको भूमिकामा देखिएकी छिन ।

यसअगाडि ‘६ एकान ६ र वडा नम्बर ६’ बनाएका दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको यो चलचित्रले वेरोजगारीको पीडा र वैदेशिक रोजगारीको कथालाई रोचक तरिकाले उठान गरेको छ ।
चलचित्रले मल्टिप्लेक्समा १२ बजेपछि राम्रो व्यापार गरिरहेको छ भने सिंगल हलमा बिहानी शोबाटै दर्शक तानेको छ । शनिबारको दिन चलचित्रको व्यापार आक्रमक  हुने अनुमान गरिएको छ । 

Events
Random Picks