तपाइको यौनजिवनमा पनि स्मार्टफोनले असर पार्न सक्छ
1-June-2015

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

जक्सन डटकम / एउटा नयाँ अध्ययनले स्मार्ट फोनले मानिसको यौनजिवनमा असर पार्ने देखाएको छ ।  दुरहाम विश्वविद्यालयको तर्फबाट गरिएको एक अध्ययनका अनुसार आजकाल मानिसहरु आफ्नो प्रेमी–प्रेमिका अथवा श्रीमान्–श्रीमतीभन्दा फोन अथवा ग्याजेटमा धेरै लगाव राख्ने गर्दछन् । यो अध्ययन कण्डम बनाउने कम्पनी ‘डेयुरेक्स’ को तर्फबाट गरिएको हो जसमा बेलायतका १५ दम्पत्तीहरुसँग विस्तृत साक्षात्कार गरिएको थियो ।

डेलीमेलका अनुसार ४० प्रतिशत प्रतियोगिहरुले स्मार्टफोन वा ट्याब्लेटको प्रयोगका कारण उनीहरुले यौन सम्बन्ध स्थापित गर्न अस्विकार गरेको स्विकार गरेका छन् । केहि अन्य प्रतिभागीहरुले यौन सम्बन्ध स्थापित गर्ने समयमा उनीहरु आफ्नो स्मार्टफोनमार्फत सोसल मिडियाहरुमा आएको सन्देशलाई हेर्न र त्यसलाई जवाफ फर्काउन सधैँ हतार गर्ने पनि स्विकार गरेका छन् । तीमध्ये एक तिहाई सहभागीहरुले उनीहरुले यौन सम्बन्ध स्थापित गरिरहेको बेला नै फोन उठाउने गरेकोसमेत स्विकार गरेका छन् ।

उनीहरुमध्ये एक चौथाई सहभागीहरुले आफ्नो यौनसम्बन्धलाई भिडियोमा उतार्नको लागि स्मार्टफोनको प्रयोग गर्ने गरेको बताएका छन् भने ४० प्रतिशत सहभागीहरुले यौनक्रियाको क्रममा उनीहरुले आफ्नो स्मार्टफोनमार्फत तस्बिरहरु खिचेकोसमेत स्विकार गरेका छन् । सहभागीहरुसँग साक्षात्कार लिने मार्क म्याककरम्याकले बेडरुममा स्मार्टफोनको प्रयोगले तपाईंको सम्बन्धलाई खतरामा पुर्याउने बताएका छन् । जब सहभागीहरुले स्मार्टफोनको प्रयोगले आफ्नो यौन सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ भन्ने प्रश्नको उत्तरमा मार्कले जवाफ दिए, ‘अफ गर्नुहोस्’ ।

Write a Comment