सुनको ओच्छ्यानमा सुत्ने करोडपति कुखुरो, नोकरचाकर छन् काम गर्ने
12-September-2016

सुनको अण्डा पार्ने कुखुराका विषयका दन्तेकथाहरु त सुन्नुभएकै होला । सायद आफैले सुनको अण्डा नै पारेपछि कुनै कुखुराका लागि सुनको ओछ्यानमा सुत्न कुनै आइतबार कुर्नु परोइन ।

तर यो दुनियामा एउटा यस्तो कुखुरा छ जसले आफुले सुनको अण्डा पार्दैन तर सुनको ओछ्यानमा सुत्दछ ।

त्यो दुनियाकै धनी करोडपति कुखुरो सुनेको ओछ्यानमा सुत्ने मात्र कहाँ हो र करोडपति मान्छेले भन्दा बढि चैन काटेको छ । यो कुखुराले नोकर चाकर कज्याएको छ र उसका महंगा गाडी पनि छन् ।

कुखुराको सुरक्षाका लागि सेक्योरिटी गार्ड छन् र उसलाई मनपर्ने खाना बनाएर खुवाउन शेफको पनि व्यवस्था गरिएको छ ।

त्यो भाग्यमानी कुखुराको नाम हो गिगू । यो पोथी कुखुरी आम सर्वसाधारण अमेरिकी भन्दा पनि धनी छ । यो बेलायती कुखुरा सन् २००२ मा करोडपति भएको हो जब जब उसका मालिक माइल्स ब्लाकवेलको मत्यु भयो ।

ब्लाकवेलको मृत्युपछि उनकै इच्छा बमोजिम उनको १५ लाख डलरको सम्पत्तिको उनको प्रिय कुखुरा गिगूको नाममा भयो ।

ब्लाकवेल र उनकी श्रीमतीको ३ हप्ताकै अन्तरालमा मृत्यु भएको थियो । त्यसको एकवर्ष अघि त्यो दम्पत्तिले आफ्नो व्यवसाय बिक्रि गरी बेलायतको ग्रामीण इलाकामा गई भेडा तथा कुखुरा पालन गरी बसेका थिए ।

उनले घरमा पालेको कुखुरामध्ये गिगू सबैभनदा प्यारो थियो र आफ्नो सम्पत्ति शेषपछि उसैको नाममा हुने बकसपत्र उनले गरेका थिए ।

Write a Comment

Events
Random Picks