' मलाई स्टार भन्दा एउटा राम्रो कलाकार बन्ने मन छ ।’ : नम्रता सापकोटा
12-September-2016

‘मलाई खान एकदम मनपर्छ ।’

जक्शन न्यूज
पोखरा, २७ भदौ ।

नम्रता सापकोटालाई सबैभन्दा मन पर्ने के हो ? प्रश्न खस्न नपाउँदै उनले उत्तर दिईन्, ‘मलाई खान एकदम मनपर्छ ।’ उनी यति खान्छिन् कि, प्रायजसो उनको मुखले थकान मेट्ने अवसर नै पाउँदैन ।


झुलुक्क हेर्दा त्यति खाईलाग्दो पनि देखिने हैनन् । तर यी नायिकाको अचम्मको बानी छ । उनलाई आफुले मन लागेको कुरा खान पाएको खण्डमा संसारै जितेजस्तो हुन्छ । ‘खाने भनेर त्यस्तो हन्तकाले जसरी खाने पनि होईन । तर छिनछिनमा मलाई के खाऊँ के खाऊँ हुन्छ ।’ नम्रताले भनिन् ।

 

पछिल्लो समय नम्रता दुई वटा फिल्मबाट दर्शकमाझ आईन्, ‘ब्रासलेट’ र ‘छक्का पञ्जा’मार्फत । पहिलो फिल्म ‘अन्तराल’  र त्यसपछि खेलेको फिल्म ‘सिग्नेचर’ पछि उनले खासै फिल्म खेलिनन् । यद्यपी उनी म्यूजिक भिडियोहरुमा व्यस्त भैरहिन् । उनका पछिल्ला फिल्महरुबाट उनी दर्शकमाझ भने राम्रैसँग प्रभाव छाड्न सकिन् ।
 
व्यवसायिक हिसाबले उति साह«ो चर्चा नभएपनि ‘ब्रासलेट’मा नम्रताको भुमिकालाई दर्शकले मन पराए । फरक खालको भुमिकामा देखिएकी नम्रता चरित्रप्रति आफुले न्याय गरेकैले दर्शकले आफुलाई ‘नोटिश’ गरेको बताउँछिन् । त्यसैगरि नम्रतालाई दर्शकले ‘छक्का पञ्जा’मा पनि रुचाएका छन् ।

 

हुन त दुवै फिल्मको निर्माण टोलीले नम्रतालाई प्रचारको बेलामा ‘बाल’ दिएनन् । उनलाई निर्माण टोलीले यसो गर्दा केहि दुख पनि लाग्यो । तर जब फिल्म प्रदर्शनमा आए । त्यसपछि भने उनलाई जताततैबाट राम्रा प्रतिक्रिया आउन थाले । त्यसपछि भने उनमा फेरि उमंग भरिएर आयो ।
 
उनी भन्छिन्–‘ फिल्ममा म फिल्मी शैलीको नायिका भएर रोनाधोना र ग्ल्यामर सिनमा रमाउनु भन्दा क्यारेक्टर बेस्ड भएर काम गर्न चाहन्छु । खासमा मलाई स्टार बन्नु भन्दा एउटा राम्रो कलाकार बन्ने मन छ ।’

see more pictures : http://jukson.com/model/namrata-sapkota


 

Write a Comment

Events