प्रेमगीत २ पनि गराईने
15-September-2016

पोखरा २६ सुदिप पौडेल , गतवर्ष सबैको मन मुटु मा बस्न सफल भएको चलचित्र हो प्रेम गीत जसलाई निर्देशन गरेका थिए सुदर्शन थापा ले भने निर्माण गरेका थिए सन्तोष सेनले। फिल्म लभ स्टोरी भएका कारण सबै को मन मुटु मा बस्न सफल भएको बताउछन दार्शकहरु। फिल्ममा प्रदीप र पुजाको मुख्य रहेको थियो। प्रेमगीतको सफलता संगसंगै निर्माता सन्तोष सेनले प्रेमगीत २ को पनि निर्माण गर्ने भएका छन्। प्रेमगीत २ लाइ रामसरण पाठकले निर्देशन गर्ने भएका छन् भने प्रदीप खड्का र आस्लेशा ठकुरीलाई मुख्य भूमिकामा देख्न पाइने बताउछन निर्माता सेन।

निर्माता सेन भन्छन्, "फिल्मको अधिकांश शुटिंग थाइल्याण्ड बर्मामा हुने र नेपालको सुदूरपश्चिम रारा ताल देखि सेफोक्सुन्डो ताल सम्मको दृश्य समेट्ने कोसिस गरिएको छ।" ‌ फिल्मको सुटिंग कार्तिकबाट सुरु हुने र प्रेमगीत को जस्तै फ्लेभर प्रेमगीत २ मा पनि देख्न पाईने छ । दर्सकको पर्खाईमा रहेको प्रेमगीत २ को पनि प्रचारको लागि देशै भरिबाट cover song काम्पटिसन प्रेमगीत सीजन २ गराईने र बिजेतालाई दुई लाख पुरस्कार संगसंगै अर्को प्रोजेक्टमा प्ले व्यक गीत गाउने अवसर दिइने आफ्नो फेसबुकको लाइव भिडियोमा जानकारी गराएका छन् ।

Write a Comment

Events
Random Picks