गुरुङ चलचित्र 'मैरिमो'को गीत 'ए ङोल्स्यो..' को भिडियो सार्बजनिक । (भिडियो सहित )
17-September-2016


युनिश गुरुङ ,जक्सन डट कम , अशोज १ पोखरा । गुरुङ भाषाको चलचित्र मैरिमोको गीत 'ए ङोल्स्यो ए ङोल्स्यो....' को भिडियो सार्बजनिक गरेको छ  । स्ट्रीम नेपाल नामको यू ट्युब च्यानलबाट उक्त गीतको भिडियो  सार्वजनिक गरेको  हो । 
मुनाल फिल्मको ब्यानरमा बनेको गुरुङ चलचित्र मैरिमोको गीतको अडियो केही महिना अगाडि सार्वजनिक गरे तापनि भिडियो भने सार्वजनिक भएको थिएन । गुरुङ चलचित्र तथा संगीतमा बेग्लै पहीचान बनाउन सफल गायक मनोज गुरुङ र तारा श्रिष मगरको स्वरमा रहेका उक्त गीत कान्तिपुर रास्ट्रिय दैनिकका लमजुङका सम्बादाता समेत रहेका गीतकार आश गुरुङको रहेको छ भने संगीत चाँही तेजेन्द्र गुरुङले भरेका छन् । 
नेपाली चलचित्र 'साहसी' निर्देशन गरेको धेरै बर्ष पछी निर्देशक भोज बहादुरले  निर्देशन गरेको गुरुङ भाषाको चलचित्र 'मैरिमो' छिट्टै बजारमा ल्याउने कुरा निर्माण पक्षले जनाउनु भयो । नायक गमन घले , सपना गुरुङ , सुनु गुरुङ लगायतका कलाकार अभिनित उक्त चलचित्रको छायाँकन तथा सम्पादन खिम बहादुर गुरुङले गर्नु भएको छ   ।