गोवामा नम्रताको हट फोटोसुट
5-October-2016

केही दिन अगाडि कुराकानीमा ‘अहिले सेक्सी नबनेर कहिले बन्ने’ भन्दै नायिका नम्रता सापकोटाले आफ्नो चाहना खुलाएकी थिइन् ।

नम्रताले ‘ग्ल्यामर बन्ने उमेर नै यही हो’ भनेकी थिइन् । उनै नम्रता भारतको गोवामा पुगेर निकै हट बनेकी छिन् । आफ्नै लागि खिचाएको तस्बिरमा नम्रता निकै खुलेकी छिन् ।

हुनत, नेपालमा पनि नम्रताले गरेका फोटोसुटमा उनी खुलेकै पाइन्छ । तर, गोवाको मौसमले अझै उनलाई सेक्सी बन्ने माहोल बनाइदिएको हुनसक्छ ।

नम्रताले आफूले आफ्नै लागि यस्तो तस्बिर खिचाएको बताइन् । चलचित्र ‘शकुन्तला’को आइटम गीत नृत्य गरेकी नम्रता अब भने अभिनय र हट छवि बनाएरै चलचित्रमा चल्ने धुनमा लागेको देखिन्छ ।

Events
Random Picks