बलिवुड्मा २०१६ का सेक्सी डेबिउ
19-October-2016

बलिउडमा बर्सेनि सयौं चलचित्र प्रदर्शन हुन्छन् । तीमध्ये केही चलचित्र अत्यधिक सफल हुन्छन् भने केहीले औसत व्यवसाय गर्छन् । चलचित्र निर्माण एवं प्रदर्शनसँगै नयाँ–नयाँ अनुहारले बलिउडमा पदार्पण गर्ने क्रम जारी रहन्छ । वर्ष २०१६ मा प्रदर्शन भएका केही चलचित्रमार्फत करिब एक दर्जन नयाँ कलाकार बलिउडमा पदार्पण गरेका छन् । ति मध्ये केहि सेक्सी डेबिउहरु : 

हर्षवद्र्धन कपुर 


बलिउडका पुराना अभिनेता अनिल कपुरका छोरा तथा अभिनेत्री सोनम कपुरका कान्छा भाइ हर्षवद्र्धन कपुर २०१६ मा प्रदर्शन भएको  चलचित्र ‘मिर्जिया’ मार्फत बलिउडमा पदार्पण गरेका छन्  ।  आफ्नी दिदी सोनमको मार्गमा अघि बढेका हर्षवद्र्धनले अमेरिकाको क्यालिफोर्नियास्थित च्यापम्यान युनिभर्सिटीमा पटकथा लेखन तथा चलचित्र निर्माणसम्बन्धी अध्ययन गरेका हुन् । हर्षवद्र्धनले वर्ष २०१५ मा प्रदर्शन भएको चलचित्र ‘बम्बै भेल्भेट’ मा निर्देशक अनुराग कश्यपलाई सहायक निर्देशकका रूपमा साथ दिएका थिए । २५ वर्षीय हर्षवद्र्धन ५ फिट १० इन्च अग्ला छन् । 


गिजेल ठकराल 


गिजेल ठकराल व्यवसायिक मोडल हुन् । ग्लाड्रग्स मोडल हन्टमा सहभागिता जनाएपछि चर्चामा आएकी ठकराल उक्त प्रतियोगितामा उत्कृष्ट ५ भित्र पर्नुका साथै मिस बेस्ट बडी तथा मिस पोटेन्सियलको उपाधि विजेतासमेत भइन् । सर्भाइभर इन्डिया तथा बेलकम बाजी मेहमान नवाजी रियालिटी शोमा समेत सहभागिता जनाइसकेकी ठकरालले बिग बोस–९ मा समेत प्रतिस्पर्धा जनाएकी थिइन् ।  जनवरी २२ देखि प्रदर्शनमा आएको  चलचित्र ‘क्या कुल है हम–३’ मार्फत ठकराल अभिनेत्रीका रूपमा दर्शकमाझ आएकी हुन्  । यो चलचित्रमा उनीसँगै तुषार कपुर तथा आफताब शिवदासानीले अभिनय गरेका छन् । 

वालुस्चा डि’सुजा 


वालुस्चा डि’सुजा भारतकी सफल मोडल हुन् । भारतका चर्चित फेसन शो कोरियोग्राफर मार्क रोबिन्सनकी पूर्वश्रीमती वालुस्चा वर्ष २०१६ देखि बलिउडका चलचित्रमा देखिएकि  छिन् । चलचित्रमा आउन अभिनयको प्रशिक्षणसमेत लिएकी वालुस्चाले शाहरूख खानको चलचित्र ‘फ्यान’ मार्फत अभिनेत्रीका रूपमा पदार्पण गरेकी छिन् । सन् २००० मै फेमिना मिस इन्डियाको उपाधिसमेत जितेकी ४२ वर्षीया वालुस्चाले ‘फ्यान’ पश्चात् अभिनयलाई निरन्तरता दिइरहने बताएकी छिन् । 

हर्षवद्र्धन राणे 


हर्षवद्र्धन राणे तेलुगु चलचित्रका अभिनेता हुन् । उनले अभिनय गरेका तेलुगु चलचित्र ‘थकिता थकिता’ (२०१०), ‘प्रेमा इश्क कढाल’ (२०१३) तथा ‘अनामिका’ (२०१४) अत्यन्त सफल मानिन्छन् ।  यो वर्षको फेब्रुअरी ५ मा प्रदर्शनमा आएको  चलचित्र ‘सनम तेरी कमस’ मार्फत उनी बलिउडमा पदार्पण गरेका हुन्  । बिनय सप्रु तथा राधिका रावद्वारा निर्देशित यो रोमान्टिक चलचित्रपछि हर्षवद्र्धनले अभिनय गरेको दोस्रो चलचित्र ‘सत्रको शादी है’ पनि यही वर्ष प्रदर्शनमा आउनेछ । यो चलचित्र अभिनेता जोन अब्राहमले निर्माण गरेका हुन् । 

मावरा हक्केन


वर्ष २०१६ मा बलिउडमा पदार्पण गर्ने नयाँ अनुहारमा पाकिस्तानी नायिकाहरूको संख्या पनि बाक्लै देखिन्छ । ‘सनम तेरी कसम’ मार्फत पाकिस्तानी अभिनेत्री मावरा हक्केन बलिउडमा पदार्पण गरेकी छिन्  । पाकिस्तानमा मोडल, भिडियो जक्की तथा अभिनेत्रीका रूपमा स्थापित मावराले दक्षिण भारतीय चलचित्रका अभिनेता हर्षवद्र्धन राणेसँग पदार्पण गरेकी  हुन् । 

पूजा हेगडे 


पूजा हेगडे भारतीय मोडल हुन् । सन् २०१० को मिस युनिभर्स इन्डियामा पूजाले सेकेन्ड रनर्स अपको उपाधि जितेकी थिइन् । पूजा सन् २०१२ मा तमिल चलचित्र ‘मुगामुदी’ मार्फत अभिनयमा पदार्पण गरेकी हुन् । त्यसपछि उनले केही तेलुगू चलचित्रमा अभिनय गरिन् । वर्ष २०१६ मा  उनी आशुतोष गोवारीकरको ऐतिहासिक विषयमा आधारित चलचित्र ‘मोहेन्जो दारो’ मार्फत बलिउडमा पदार्पण गरेकी छिन्  । 


गौतम गुलाटी 


धारावाहिक ‘दिया और बाती हम’ का दर्शकका लागि गौतम गुलाटीको अनुहार नौलो लाग्दैन । आधा दर्जनभन्दा बढी धारावाहिकमा अभिनय गरिसकेका गौतमले थुप्रै रियालिटी शोमा काम गरिसकेका छन् । वर्ष २०१६ मा उनी टोनी डि’सुजाको चलचित्र ‘अजहर’ मार्फत बलिउडमा पदार्पण गरेका छन्  । भारतका पूर्वक्रिकेटर मोहम्मद अजहरूद्दिनको जीवन कथामा तयार भैरहेको यो चलचित्र मे १३ मा प्रदर्शन भएको थियो  । यो चलचित्रमा इमरान हासमीले अजहरूद्दिनको भूमिका निर्वाह गरेका छन्  भने गौतम पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत भएका थिए  ।

Write a Comment