पुरानो डुङ्गाको ट्रेलर सार्बजनिक, जैले रिसाउनी अनि हसाउनी
20-October-2016

भाइरल गीत 'निर जैले रिसाउनी' समाविष्ट दयाहाङ राई अभिनित चलचित्र पुरानो डुंगाको टे्रलर सार्वजनिक भएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘पुरानो डुंगा’मा प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान, लगायतको अभिनय रहेको छ ।

माझी दाजुभाइको सम्बन्धको कथामा आधारित फिल्म यही मंसिर १० गते रिलिज हुनेछ। यस फिल्मको अधिकांश सुटिङ पोखरामा गरिएको छ । रामबाबु पछिल्लो समयका सफल निर्देशक हुन् । उनले निर्देशन गरेको कबड्डी कबड्डीलाई दर्शकले अत्याधिक मन पराएका थिए । 

ट्रेलरलाई यो समाचार तयार हुँदा सम्म एक लाख ४० हजार बढी पटक हेरी सकिएको छ । पोखराका र बिशेष गरि गुरुङ फिल्मका चर्चित निर्देशक तथा कलाकार माओत्से गुरुङ आफैले निर्माण गरेको यस चलचित्रलाई पोखरामा बिशेष रुपले हेरिएको छ र गुरुङ आफै पनि आशाबादी छन् । 

Write a Comment