अनुपविक्रम ‘म्यानहण्ट इन्टरनेशनल २०१६’मा भिड्दै
21-October-2016

अहिलेका व्यस्त नायक तथा मोडल अनुपविक्रम शाहीले आगामी २३ अक्टोबरदेखि २९ अक्टोबरसम्म चीनको सेञ्जेन प्रान्तमा हुन लागेको ‘म्यानहण्ट इन्टरनेशनल २०१६’मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । ग्रुप अफ इन्टरटेनर्सको नेपाल शाखाले सन् २०१३ मा आयोजना गरेको ‘प्रोस्टाइल म्यानहण्ट इन्टरनेशनल नेपाल’ प्रतियोगितामा अनुप विजेता बनेका थिए ।

अनुपको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अनुपले संसारभरका करिब ५० बढी मुलुकका प्रतियोगी सहभागी हुने कार्यक्रममा आफ्नो उपस्थिति विशेष हुने बताए । ‘त्यहाँ अनुपविक्रम शाही भन्दा पनि नेपालको सहभागिता हुँदैछ, व्यक्ति विशेष भन्दा देश विशेष उपस्थितिको महत्व बढी हुन्छ,’ उनले भने, ‘म नेपाली राष्ट्रिय पोशाकसहित नेपाललाई चिनाउने किसिमको आफ्नो दह«ो उपस्थिति जनाउनेछु । त्यहाँ नेपालको झण्डा फरफराउँदै पक्कै पनि सबैका लागि गौरवको कुरा हुनेछ ।’

मोडलिङबाट अभिनय करियर शुरु गरेका अनुपले फिल्म ‘हँसिया’बाट कलाकराका रुपमा डेब्यु गरेका हुन् । डेब्यु फिल्ममा नै खलनायक बनेका उनले त्यही भूमिकाबाट धेरै अवार्ड हात पारेका छन् । फिल्म ‘हँसिया’ पछि उनले ‘सौर्य’, ‘ठमेल डटकम’, ‘हाउ फन्नी’, ‘वीर विक्रम’ मा अभिनय गरिसकेका छन् । 
 

प्रतियोगिताको नेपाल आयोजक ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका प्रमुख अनुप सक्सेनाले नेपालले सन् २००३ देखि नै अन्तर्राष्ट्रिय म्यानहण्ट प्रतियोगितामा सहभागिता जनाइरहेको बताए । ‘हामीले नेपालमा पहिलोपटक कार्यक्रम गर्दा प्रायोजक जुटाउन निकै गाह«ो प¥यो, त्यसको झण्डै दश वर्ष पछि डाबर नेपालको प्रोस्टाइलले साथ दिएपछि प्रतियोगिता गर्न सजिलो भयो,’ सक्सेनाले भने, ‘अहिले हामी जस्तो सुकै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्न सक्षम भएका छौं ।’

प्रोस्टाइलका तर्फबाट अभय गोर्खालीले म्यानहण्ट प्रतियोगितामा आबद्ध हुन पाउँदा खुशी लागेको बताउँदै अनुपले उपाधि जित्नेमा आशा व्यक्त गरे । अनुप शनिवार चीनतर्फ जाँदैछन् । 

Events
Random Picks