लूट २ को हट अईटम गित; अलिसा संगै कम्मर मर्काउदै निर्देशक निश्चल बस्नेत
22-October-2016

निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट-२’ को आइटम गीत शनिवार युट्युववाट सार्वजनिक गरिएको छ । ठमेल बजार शीर्षकको गीतमा अलिसा राईले डान्स गरेकी छिन् । अलिसा संगै डान्स गर्नेमा दयाहांग राई र स्वयम् निदेशक बस्नेत पनि छन् । 
काली प्रसाद बास्कोटाको संगीत रहेको उक्त गीतमा कालीप्रसाद बास्कोटा, मीना निरौला र भानुभक्त ढकालको स्वर रहेको छ ।
सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, ऋचा शर्मा, विपिन कार्कीलगायतका कलाकारले अभिनय गरेका छन् । लुटमा राखिएको उध्रेको चोली शीर्षकको गीतले नायिका सुष्मा कार्कीलाई चर्चामा ल्याएको थियो । अब हेर्न बाँकी छ । ठमेल बजारले अलिसालाई चर्चामा ल्याउछ कि ल्याउँदैन ।

 

Events
Random Picks