३१ विधामा नेफ्टा अवार्डमा दुबईमा हुदै , कोको छन् प्रतिस्प्रधामा ? सुची सहित
23-October-2016

‘नवौ नेफ्टा फिल्म अवार्ड’का लागि उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ । यसपटक नेफ्टा अवार्ड दुबइमा आयोजना हुँदैछ । कुल ३१ विधामा अवार्ड प्रदान गर्न लागिएको आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो बर्षको अवार्डमा सर्वाधिक विधामा चलचित्र ‘क्लासिक’ पर्न सफल भएको छ । उत्कृष्ट चलचित्र, नायक, नायिकासहित १८ विधामा यो चलचित्र नोमिनेशनमा परेको छ । यही चलचित्रसँगै रिलिज भएको चलचित्र ‘प्रेमगीत’ उत्कृष्ट चलचित्र, नायिका, निर्देशक सहित १७ विधाको मनोनयनमा परेको छ ।

पौष ८ गते दुबइमा आयोजना हुने भव्य कार्यक्रमका विच अवार्ड प्रदान गरिने चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । उनले अवार्डलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महत्तले अवार्ड आयोजना गर्दा कुनै अप्ठ्यारो भएको खण्डमा सहयोग गर्न आफू तयार भएको बताए ।

नेफ्टाका निवर्तमान अध्यक्ष मनोज केसीले ‘चप्पल पड्काउनेले पनि अवार्ड गर्छन् र’ भन्नेहरुलाई आफूहरुले काम गरेर देखाएको बताए । यो पटक नेफ्टाले २७ वटा विभिन्न विधाका साथमा ३ वटा ‘पपुलर विधा’मा अवार्ड प्रदान गर्दैछ । यस्तै, उत्कृष्ट जनजाती चलचित्रको विधामा अवार्ड प्रदान गरिनेछ ।

जुरीका संयोजक भरत शाक्यले वैज्ञानिक तबरले अवार्डको मनोनयन सार्वजनिक गरेको बताए । उनले अन्य अवार्डमा नोमिनेशनमा परेका चलचित्र यसमा नपर्नु ठूलो कुरा नभएको बताए ।


नेपालकै सबैभन्दा प्रतिष्ठित मानिएको ‘नेफ्टा अवार्ड’को ३१ विधामा पर्न सफल चलचित्रकर्मी र चलचित्रको नाम यसप्रकार छः

उत्कृष्ट कथा
१) क्लासिकः छेतेन गुरुङ
२) जन्मभूमिः मोहन निरौला
३) कबड्डी कबड्डीः रामबाबु गुरुङ, उपेन्द्र सुब्बा
४) पशुपति प्रसादः दीपेन्द्र के. खनाल
५) वडा नम्बर ६ः दीपकराज गिरी

उत्कृष्ट पटकथा
१) क्लासिकः छेतेन गुरुङ
२) फन्कोः सुवर्ण थापा
३) कबड्डी कबड्डीः रामबाबु गुरुङ, उपेन्द्र सुब्बा
४) वडा नम्बर ६ः अभिमन्यू निरवी
५) पशुपति प्रसादः खगेन्द्र लामिछाने

उत्कृष्ट संवाद
१) क्लासिकः छेतेन गुरुङ
२) ड्रीम्सः सामिप्यराज तिमल्सिना
३) कबड्डी कबड्डीः रामबाबु गुरुङ, उपेन्द्र सुब्बा
४) पशुपति प्रसादः खगेन्द्र लामिछाने
५) वडा नम्बर ६ः दीपकराज गिरी

उत्कृष्ट श्रृंगार/केश विन्यास
१) क्लासिकः अशोक रोक्का/प्रीति
२) चलेछ बतास सुस्तरीः संगीता लामा
३) ड्रीम्सः निमा लामा र शोभा श्रेष्ठ
४) फूलैफूलको मौसम तिमीलाईः नन्दा अधिकारी
५) को आफ्नोः दीपु पौडेल
उत्कृष्ट कस्ट्युम डिजाइनर
१) क्लासिकः आशिष पौडेल
२) ड्रीम्सः बिना घले
३) होस्टेल रिटन्र्सः सुजन परियार
४) कबड्डी कबड्डीः निलिमा तामाङ
५) प्रेमगीतः युबी थापा, योगिता पुन

उत्कृष्ट ध्वनी मिश्रण
१) क्लासिकः अमित श्रेष्ठ
२) धौलीः उत्तम न्यौपाने
३) कबड्डी कबड्डीः उत्तम न्यौपाने
४) प्रेमगीतः मुकेश श्रेष्ठ
५) वडा नम्बर ६ः सुनयमान श्रेष्ठ

उत्कृष्ट कला निर्देशक
१) क्लासिकः राजु पेन्टर/विकास तमखु
२) फूलैफूलको मौसम तिमीलाईः पासाङ टी शेर्पा
३) नाइँ नभन्नू ल ४ः विकासराज आचार्य
४) प्रेमगीतः मेनुका राई
५) वडा नम्बर ६ः पासाङ टी शेर्पा

उत्कृष्ट द्धन्द्ध निर्देशक
१) भैरव ः हिमाल केसी
२) फूलैफूलको मौसम तिमीलाई ः एनबी महर्जन
३) होस्टेल रिटन्र्स ः अष्ट महर्जन
४) कबड्डी कबड्डी ः कुमार महर्जन
५) लुटेरा ः हिमाल केसी

उत्कृष्ट पाश्र्वध्वनी
१) क्लासिक : शैलेन्द्र श्रेष्ठ, रोहित शाक्य
२) फन्को : सुजिल कर्माचार्य
३) होस्टेल रिटन्र्स : शैलेश श्रेष्ठ
४) पशुपति प्रसाद : जेसन कुँवर
५) वडा नम्बर ६ : एलिस कार्की

उत्कृष्ट हाँस्य अभिनेता
१) अधकट्टी : विल्सनविक्रम राई
२) होस्टेल रिटन्र्स : सुशिल सिटौला
३) कबड्डी कबड्डी : विजय बराल
४) वडा नम्बर ६ : सीताराम कट्टेल
५) वडा नम्बर ६ : केदार घिमिरे

उत्कृष्ट खल नायक
१) भैरव : मुरलीधर
२) फन्को : अनुप बराल
३) होस्टेल रिटन्र्स : सुदाम सिके
४) कबड्डी कबड्डी : शिशिर बाङ्देल
५) पशुपति प्रसाद : बिपिन कार्की

उत्कृष्ट सह-अभिनेता
१) लभ सब : सलोन बस्नेत
२) नागरिक : पुष्प आचार्य
३) पशुपति प्रसाद : प्रकाश घिमिरे
४) रेशम फिलिली : कामेश्वर चौरासिया
५) वडा नम्बर ६ : जितु नेपाल
उत्कृष्ट सह अभिनेत्री
१) अधकट्टी : अशिष्मा नकर्मी
२) होस्टेल रिटन्र्स : स्वस्तिमा खड्का
३) जन्मभूमि : निस्मा घिमिरे
४) प्रेमगीत : लक्ष्मी घिमिरे
५) वडा नम्बर ६ : दीपाश्री निरौला

उत्कृष्ट नव नायक
१) अधकट्टी : प्रदीप बाँस्तोला
२) चकलेट : आयुष्मान घिमिरे
३) फूलैफूलको मौसम तिमीलाई : आमेष भण्डारी
४) होस्टेल रिटन्र्स : सुशिल श्रेष्ठ
५) नाइँ नभन्नू ल ४ : पल शाह

उत्कृष्ट नवनायिका
१) ड्रीम्स : साम्राज्ञी राज्यलक्ष्मी शाह
२) होस्टेल रिटन्र्स : शशी श्रेष्ठ
३) जन्मभूमि : जेबिका कार्की
४) नाइँ नभन्नू ल ४ : आँचल शर्मा
५) नाइँ नभन्नू ल ४ : वर्षा राउत

उत्कृष्ट गीतकार
१) क्लासिक :कृष्णहरि बराल (प्रकृति)
२) ड्रीम्स : रोहित विशेष (तिमी सामु)
३) नाइँ नभन्नू ल ४ : कृष्णहरि बराल (मलाई माग्ने बनायौं)
४) प्रेमगीत : कृष्णहरि बराल (म त अलपत्रै पर्छु)
५) प्रेमगीत : अर्जुन पोखरेल (म यस्तो गीत गाउँछु)

उत्कृष्ट संगीतकार
१) क्लासिक : ताराप्रकाश लिम्बु (हारेँ हारेँ)
२) फूलफूलको मौसम तिमीलाई : सुरेश अधिकारी (शीर्षगीत)
३) नाइँ नभन्नू ल ४ : बसन्त सापकोटा (मलाई माग्ने बनायौ)
४) प्रेमगीत : अर्जुन पोखरेल (म यस्तो गीत गाउँछु)
५) रेशम फिलिली : कालिप्रसाद बाँस्कोटा (त्यो पारि डाँडामा)

उत्कृष्ट गायक
१) क्लासिक : युवराज चौलागाइँ (हारेँ हारेँ…)
२) क्लासिक : कोसिस क्षेत्री (सुनौलो…)
३) फूलैफूलको मौसम तिमीलाई : राजेशपायल राई (शीर्षगीत)
४) प्रेमगीत : स्वरुपराज आचार्य (म त अलपत्रै पर्छु…)
५) प्रेमगीत : सुगम पोखरेल (म यस्तो गीत गाउँछु…)

उत्कृष्ट गायिका
१) क्लासिक : मेलिना राई (सुनौलो…)
२) लुटेरा : शशी रावल (ब्लास्ट हुनेवाला छ…)
३) नाइँ नभन्नू ल ४ : इन्दिरा जोशी (मलाई माग्ने बनायौ…)
४) प्रेमगीत : अञ्जु पन्त (म यस्तो गीत गाउँछु…)
५) रेशम फिलिली : सोमिया बराइली (त्यो पारि डाँडामा…)

उत्कृष्ट संगीत संयोजन
१) अधकट्टी : महाराज थापा (तिम्रो फिगर…)
२) क्लासिक : राजन इशान (हारेँ हारेँ…)
३) ड्रीम्स : अल्मोडा राना उप्रेती (तिमी सामु…)
४) प्रेमगीत : गोपाल रसाइली (म यस्तो गीत गाउँछु..)
५) वडा नम्बर ६ : राजन इशान (सुर्के थैली…)

उत्कृष्ट नृत्य निर्देशक
१) ड्रीम्स : कविराज गहतराज (तिमी सामु…)
२) फूलैफूलको मौसम तिमीलाई : रामजी लामिछाने (शीर्ष गीत)
३) नागरिक : मनोज लामा (सुर छोडेर..)
४) प्रेमगीत : रेनशा बान्तवा राई (म यस्तो गीत गाउँछु…)
५) वडा नम्बर ६ : शंकर विसी (सुर्के थैली..)

उत्कृष्ट छायांकार
१) फूलैफूलको मौसम तिमीलाई : मानकृष्ण महर्जन
२) कबड्डी कबड्डी : शैलेन्द्र डी कार्की
३) नाइँ नभन्नू ल ४ : पुरुषोत्तम प्रधान
४) प्रेमगीत : राजेश श्रेष्ठ
५) वडा नम्बर ६ : दीपक बज्राचार्य

उत्कृष्ट सम्पादक
१) ड्रीम्स : मिलन श्रेष्ठ, बनिश शाह
२) फन्को : बिपिन मल्ल
३) कबड्डी कबड्डी : निमेष श्रेष्ठ
४) प्रेमगीत : सुरेन्द्र पौडेल
५) वडा नम्बर ६ : गौतमराज खड्का

उत्कृष्ट नायक
१) क्लासिक : आर्यन सिग्देल
२) फन्को : सौगात मल्ल
३) होस्टेल रिटन्र्स : नाजिर हुसेन
४) कबड्डी कबड्डी : दयाहाङ राई
५) पशुपति प्रसाद : खगेन्द्र लामिछाने

उत्कृष्ट नायिका
१) क्लासिक : नम्रता श्रेष्ठ
२) फन्को : केकी अधिकारी
३) को आफ्नो : ऋचा शर्मा
४) प्रेमगीत : पूजा शर्मा
५) रेशम फिलिली : मेनुका प्रधान
उत्कृष्ट निर्देशक
१) क्लासिक : दिनेश राउत
२) कबड्डी कबड्डी : रामबाबु गुरुङ
३) प्रेमगीत : सुदर्शन थापा
४) पशुपति प्रसाद : दीपेन्द्र के. खनाल
५) वडा नम्बर ६ : उज्वल घिमिरे

उत्कृष्ट जनजाति चलचित्र
१) कृष्ण गौतमी : गुण फिल्मस
२) म्लाङ पवँन्दार (कालो अरिंगाल) : थोकर फिल्मस
३) परिणाम भूलको : नाट्येश्वरी फिल्मस
४) पाते २ : रोदी डिजिटल
५) तिमी नभए : हंग्री आइ फिल्मस

उत्कृष्ट चलचित्र
१) क्लासिक : आर्यन सिग्देल इन्टरटेनमेन्ट, सुवास इन्टरटेनमेन्ट
२) कबड्डी कबड्डी : सिनेमा आर्ट
३) प्रेमगीत : आशुसेन फिल्मस प्रालि
४) पशुपति प्रसाद : टुकी आर्ट्स
५) वडा नम्बर ६ : आमा सरस्वती गीतादेवी फिल्मस

पपुलर चलचित्र
१) ड्रीम्स
२) नाइँ नभन्नू ल ४
३) प्रेमगीत
४) पशुपति प्रसाद
५) कबड्डी कबड्डी

पपुलर नायक
१) अनमोल केसी, ड्रीम्स
२) प्रदीप खड्का, प्रेमगीत
३) दयाहाङ राई, कबड्डी कबड्डी
४) आर्यन सिग्देल, क्लासिक
५) निखिल उप्रेती, भैरव

पपुलर नायिका
१) साम्राज्ञी राज्यलक्ष्मी शाह, ड्रीम्स
२) पूजा शर्मा, प्रेमगीत
३) नम्रता श्रेष्ठ, क्लासिक
४) प्रियंका कार्की, वडा नम्बर ६
५) केकी अधिकारी, फन्को

Events
Random Picks