' आई एम सिंगल ' : श्रद्धा कपुर
6-November-2016

मुम्बई । युवा पुस्ताको विचमा लोकप्रिय नायिका श्रद्धा कपुरलाई अहिले भारतमा बढ्दै गएको भोकमरीको चिन्ताले सताएको छ ।

नम्बरवान नायिका बन्ने तयारीमा रहेकि श्रद्धाले मुलुकमा बढ्दै गएको भोकमरीको समस्या समाधान भएको देख्न चाहेकी छिन् ।

आशिकी-२, एक भिलेन, ए बी सी डी-२ जस्ता चलचित्रमा अभिनय गरेकि श्रद्धा भन्छिन् ‘अभिनय मेरो पेशा हो । यस क्षेत्रको सफलता मेरो लागि ठूलो कुरा होइन । म मेरो देशभोकमरी मुक्त भएको हेर्न चाहन्छु ।’

उनी कुनै पनि फिल्ममा काम गर्नु अघि स्क्रिप्ट हेर्छिन । स्क्रिप्ट मन परेन भने काम गर्दिनन् । कतिपय दर्शकले कलाकारहरु एक अर्काको साथी हुन्छन् भन्ने नपत्याएकोमा उनी चिन्तित छिन् ।

बरुण धवनलाई आफ्नो सबै भन्दा राम्रो साथी मान्ने श्रद्धाको केहि अघि फरहान अख्तरसँग नाम जोडिएको थियो । कसैसँग नाम जोडिदा चिन्तित हुन्छिन् उनी ।

यस्ता खबरले कलाकारमाथी अन्याय हुने भन्दै उनले भनिन् ‘हाम्रो पनि घर परिवार हुन्छ बा आमालाई जवाफ दिनुपर्छ’ आफु सिंगल भएको भन्दै उनले फिल्मसंगै रोमान्स गरेको बताइन् ।

आशिकी-२ पछि उनले रकअन-२ मा गायिकाको भूमिका निर्वाह गरेकि छिन् । यस चलचित्रमा श्रद्धाको साथै फरहान अख्तर, अर्जुन रामपाल, पूरब कोहली, प्राची देशाइ लगायतले अभिनय गरेका छन् ।

Write a Comment

Events
Random Picks