वाईल्ड रिपर्ज क्रू पहिलो पटक पोखरामा नाच्दै
8-November-2016

पोखरा । कार्तिक २३ गते ।

भारतको चर्चित टेलिभिजन स्टार प्लसद्धारा प्रशारित चर्चित डान्स रियालिटी शो डान्स प्लस सिजन २ को फस्ट रनरअप बन्न सफल नेपाली मुलका बहुचर्चित डान्स ग्रुप वाईल्ड रिपर्ज क्रू पहिलो पटक पोखरामा आफ्नो लाईभ प्रस्तुतीको लागी आउने भएका छन् ।

आगामी मंसिर १८ गते शनिबार मालेपाटन फुटबल चौर पोखरामा सम्पन्न हुने आर्दश डान्स मास्टर २०१६ को ग्रान फिनालेमा उनिहरुले आफ्नो बिशेष नृत्य प्रस्तुती प्रस्तुत गर्ने इभेन्ट म्यानेजर अमन तामाङले जानकारी गराए । शनिबार सम्पन्न आर्दश डान्स मास्टर २०१६ को सेमी फाईनलका ४० जना प्रतियोगिहरु मध्येबाट फाइनल कार्यक्रमको लागि उत्कृष्ट १६ जनालाई छनौट गरिएको थियो ।

फाइनल कार्यक्रममा बिशेष आकर्षणको रुपमा बाईल्ड रिपर्ज क्रू संगै नेपालका चर्चित कलाकारहरुको समेत प्रस्तुती रहने कार्यक्रम संयोजक राजेश खड्काले बताए । सेमी फाइनल र फाईनल कार्यक्रमको निर्णायकको रुपमा बरिष्ठ नृत्य निर्देशक महेश गोदार र अमन तामाङ रहेका छन् ।

Write a Comment