मलेसिया नेपाली चलचित्र नियमित प्रदर्शन हुने
10-December-2016

रोजगारीको लागि प्रमुखगन्तब्य रहेको मलेसियामा अव नेपाली चलचित्र नियमित रुपमा प्रर्दशन हुने भएको छ । प्रत्येक महिना एउटा चलचित्र नेपालमा रिलिजभएको दिनमा नै मलेसियामा पनि रिलिज हुनलागेको हो ।

नेपालमा प्रोजेक्सन नेपाल र मलेसियामा सनसेट मिडु एसडिएनविएचडिको पहलमा नेपाली चलचित्र मलेसिया प्रर्दशन हुनलागेको हो । मलेसियाको पाँचवटा शहरहरु जोहोरवारु, केलाङ, इपो, पेनाङ र मलक्कामा रहेका दर्शकहरुले नेपाली चलचित्र अवहलमा पुगेर हेर्न पाउने छन । क्वालालम्पुरमा रहेका दर्शहरुले भने अझै केहि समय कुर्नु पर्ने भएको छ ।

यो पटकभने नेपालमा रिजिल भैसकेको चलचित्र पुरानो डुगां आईतवार (डिसेम्वर ११) मलेसियाको जोहोरवारुको सिटिस्वायर हलमा प्रर्दशनहुने भएको छ । तीन सयतीस सिटक्षमता रहेकोमा सवै टिकटहरु विकि्र भैसकेको पोजक्सन नेपालका सुरेन्द्र चौधरीलेअनलाईन खवरलाई जानकारी गराए ।

उनले भने नेपाली चलचित्रलाई विश्ववजारमा पुरयाउनको लागिपहल गरेकाछौ यसलै नेपालीकला र सस्कृतीलाई विश्व वजारमा चिनाउन पक्कै पनि मद्धतगर्ने छ ।