लण्डनको क्रिसमस इभ तात्यो बिग आइकन आलेको प्रस्तुतिले
26-December-2016

बेलायतको साँगीतिक भ्रमणमा रहेका छैटौं बिग आइकन साजन आलेले लण्डनमा आयोजित क्रिसमस इभमा पनि दर्शक नचाएका छन् ।
बेलायत पुगेर यसअघि दुई ठाउँमा आफ्नो प्रस्तुती राखेका आलेले ग्रीनफोर्डस्थित गोर्खा स्पाइस वल्र्ड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा प्रस्तुती दिएका हुन् ।
नन स्टप करिब एक दर्जन बढि नेपाली गीत गाएका उनले ग्रीनफोर्डमा पनि दर्शकको हौसला र साथ उत्तिकै पाए ।
क्रिसमस शुभकामना दिँदै फ्लोरमै प्रस्तुत भएका आलेले दर्शकहरुलाई धित मरुन्जेल नचाएका थिए । प्रस्तुतीपछि कम बोल्ने तर गायनमा खारिएका आलेलाई सम्मान गर्नेहरुको ताँती नै लाग्यो ।
कार्यक्रममा गायक आले र पोखराको बिग एफएमका अध्यक्ष महेश भण्डारीलाई रेष्टुरेन्टका तर्फबाट सञ्चालक कृष्ण तुलाचनले सम्मान गरेका थिए । गीतकार समेत रहेका तुलाचनले पनि कार्यक्रममा आफ्नो प्रस्तुती राखेका थिए । भने त्यहीँ कार्यरत दिपक थापा माइथानेले पनि गीत गाएका थिए ।
नेपाली गीत संगीत रुचाउने तुलाचनले रेष्टुरेन्टमा कार्यक्रम गरि कलाकारहरुलाई सम्मान गर्दै आएका छन् । उनले छिट्टै नियमित लोकदोहोरी कार्यक्रम समेत राखिने जानकारी दिए ।
काठमान्डूस्थित दि ब्रिटिश कलेज र यूरोपको नेपालीपत्रको सहयोगमा बेलायत आएका आले र भण्डारी ५ जनवरी नेपाल फर्कने कार्यक्रम छ । त्यसअघि बिग आइकन आले बेलायतका केही कार्यक्रममा सहभागि हुनेछन् ।

Events
Random Picks