ज्योति भईन तेश्रो संस्करणको ' मिस गण्डकी '
1-January-2016

पोखरा, पुस १७ 
मिस गण्डकी सिजन तिनको ताज पोखरा रानीपौवाकी १८ वर्षिया ज्योती राईको शिरमा परेको छ । आफ्ना १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधीको ताज आफ्नो पोल्टामा पारेकी हुन् । चाँदीको ताजसँगै उनले एक लाख असी हजार रुपैया बराबरको स्कुटर पुरस्कार स्वरुप प्राप्त गरिन् ।

उपाधीसँगै ज्योतीले ‘बेस्ट स्माईल’ टाईटल अवार्ड समेत आफ्नो पोल्टामा पारिन् । मिस गण्डकीको बिजेता बनिसकेपछि आफुलाई निकै खुशि लागेको प्रतिक्रिया दिईन् । ‘म मेरो लक्ष्य प्राप्तिको लागि एकदमै तम्तयार थिएँ ।’ क्राउन पहिरिएपछि उनले भनिन् ‘लक्ष्य प्राप्तिको लागि मैले गरेको कडा मेहेनतको परिणाम अन्तत मैले पाएकी छु ।’ ज्योतीले आगामी दिनमा आफु सामाजिक उत्तदायित्व हुने खालका क्रियाकलापमा पनि सक्रिय हुने प्रतिबद्धता जनाईन् ।

त्यस्तै प्रतियोगितामा सैलताज कुँवर फस्ट रनरअप भईन् । उनले मोस्ट इन्टेलिजेन्ट र मोस्ट पपुलर समेत आफ्नो पोल्टामा पारिन् । फस्ट रनरअपको उपाधीसँगै सैलताजले पचास हजार रुपैया बराबरको पुरस्कार स्वरुप प्राप्त गरिन् । 

प्रतियोगितामा श्रृष्टी आर्चायले सेकेन्ड रनरअप सँगै बेस्ट कम्प्लेक्सन टाईटल जितिन् भने सपना अधिकारी थर्ड रनरअपको टाईटलसँगै भ्युअर च्वाईस र मोस्ट पङ्चुअल अवार्ड पनि जितिन् । सेकेन्ड रनरअप श्रृष्टीले उपाधीसँगै पच्चीस हजार रुपैया प्राप्त गरिन् । त्यस्तै थर्ड रनरअप सपना अधिकारीले हेवन म्याट्रेसको तर्फबाट ‘स्पेशल गिफ्ट ह्याम्पर’ प्राप्त गरिन् ।

रियल ईभेन्ट म्यानेजमेन्ट र एस.टी. क्रियशनको संयुक्त आयोजनामा भएको मिस गण्डकी सिजन तीनमा अन्य विभिन्न २१ वटा शिर्षकमा सब टाईटल उपाधी दिईएको थियो । 
मिस गण्डकी सिजन तीनको ग्राण्ड फिनालेको निर्णायकहरुमा अन्र्तराष्ट्रिय पाईलट तथा कलाकार बिजय लामा, मिस नेपाल २००० एवं भिजे उषा खड्की,  गायक कर्णदास,  सञ्चारकर्मी जीपी तिमल्सिना,  पम्फा गुरुङ,  त्रिभुवन शर्मा, गायक बिनोद बानिया,  फोटोग्राफर सुरज श्रेण्ठ र  राजेश जोशी रहेका थिए ।

कार्यक्रममा संस्कृतिकर्मी प्राज्ञ तिर्थ श्रेष्ठले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो । मिस गण्डकीको कोरियोग्राफी सुरज थापाले गरेका हुन । 

Events
Random Picks