बेलायतमा दुई बिग आईकनको एकसाथ प्रस्तुति
2-January-2017

लन्डन । हाल बेलायतको सांगीतिक भ्रमणमा रहेका बीग आइकन २०१६ वीनर साजन आले र सन् २०११ का वीनर सुमन गौतमले नयां वर्षकै दिन आइतबार जोडदार प्रस्तुति दिएका छन् । 

उनीहरु निरमाया रोधीघरको एउटै स्टेजमा उत्रिएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिए । अरु बेला लोक दोहोरी माहोल बन्ने निरमाया नयां वर्षमा भने बिल्कुल फरक वातावरणमा रम्यो । कार्यक्रममा आले र गौतमले मस्की मस्की हिंडेर जानेले…, यो मन त मेरो नेपाली हो…लगायत गीत संगै गाउंदा नाच्ने तन्नेरीको कमी रहेन ।

नेपलिज इन्टरटेन्मेन्ट यूकेले उक्त सांगीतिक कार्यक्रमको चांजोपांजो मिलाएको थियो । कार्यक्रममा आलेले पिलायो साथीले…तालको पानी, ओय झुमा झुम्कावाली, म बिना कसै कसैलाई मुश्किल छ पोखरामा, बल्ल बल्ल भेट भो दर्शन नमस्ते जस्ता दर्जन बढि गीत गाएर माहोल तताए ।

लामो समय आम्सट्रडममा बसेर अंग्रेजी गायनमा रमेका गौतमले अंग्रेजी नेपाली दुवै खालका गीत गाए । कार्यक्रममा बीच बीचमा निरमायाकै गायक मधुसुदन थापाले पनि गाएर नचाए ।

आयोजक नेपलिज इन्टरटेन्मेन्ट यूकेले दुवै आइकनहरुलाई आर्थिक सहयोग समेत गरेको छ । उक्त कार्यक्रम बीरेन्द्र खड्का, अनिल मल्ल, दीपक खडका, राजेन्द्र गुरुङ लगायतको पहलमा भएको हो । कार्यक्रम सफल बनाउन युरोपको नेपालीपत्रका डिरेक्टर अफ अपरेसन्स् (यूके) सिद्धार्थविक्रम क्षेत्री र निरमायाका गणेश गुरुङले पनि साथ दिएका थिए ।

बिग आइकन साजन आलेले नेपाल फर्कनुअघि अब अन्तिम कार्यक्रम प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा यही ४ जनवरी बुधबार सांझ गर्ने भएका छन् । उनी बेलायतमा खुबै व्यस्त रहे । उनले  तमुधिं यूकेको ल्होछार, प्रवासी नेपाली मञ्चको स्थापना दिवस कार्यक्रम, क्याम्बर्ली शो एसिया, गोल्डेनसीप र चौतारी रेष्टुरेन्ट लगायत ठाउंमा गाइसकेका छन् । आले बिग एफएमका अध्यक्ष महेश भण्डारीको साथ बेलायत आएका हुन् ।

Write a Comment

Events
Random Picks