सलमानले बिग बस छोड्ने सम्भावना कति ?
8-January-2017

पौष २५ । सलमान खानले बिग बस छोड्ने सम्भावना बढेको छ । एक भारतीय वेबसाइटमा छापिएको खबर अनुसार सलमानलाई बिग बसका कारण आफ्नो छवि गिरिरहेको भान भइरहेको उललेख गरिएको छ ।

एक समाचार एजेन्सीलाई विश्वास गर्ने हो भने बिग बस सलमानको निकै नजिक भएकाले उनी त्यसमा प्रस्तोताको रुपमा रहिरहेका हुन् । 


तर उनलाई अब यो कार्यक्रमका कारण आफ्नो इज्जत खस्किने डर भएको बताएका छन् ।

यसै कारणले उनले यो कार्यक्रमलाई आफूबाट अलग्गाउन चाहेका हुन् ।

बिग बसको चौथो सिजनदेखि सलमानले लगातार यसलाई प्रस्तुत गर्दै आएका छन् । पाँचौं सिजन भने उनले संजय दत्तसँग मिलेर प्रस्तुत गरेका थिए ।

हुन त सलमानले बिग बस छोड्ने कुरा भने यो नौलो होइन । कार्यक्रम छोड्ने खबर योभन्दा पहिले पनि सार्वजनिक नभएका होइनन् । तर अब यो खबर कत्तिको वास्तविक हो, त्यो भने समयले नै देखाउनेछ ।

प्रति एपिसोड ८ करोड भारु लिन्छन् उनीः

‘बिग बसको १० औं संस्करणका लागि सलमानले करिब ८ करोड रुपैयाँ प्रति एपिसोड लिने गर्दछन् । उनी सिर्फ विकेन्ड ९शनिबार र आइतबार० मा मात्र देखिन्छन् ।