अभिनेत्री हर्षिकाले २७ गते भारतीय व्यवसायीसँग बिहे गर्दै
4-June-2015
 

नायिका हर्षिका श्रेष्ठको एक भारतिय व्यवसायीसँग विवाह हुने भएको छ । प्राप्त जानकारी अनुसार भारतको कलकत्ताका व्यवसायी प्रसुन झुन्झुन्वालासँग नायिका श्रेष्ठले यही जेठ २७ गते विवाह गर्न लागेकी हुन् । हर्षिकाले आफन्त र आफ्ना नजिकका फिल्मकर्मीलाई विवाहको निमन्त्रणा कार्ड पठाइ सकेकी छन् । भेट भएको छोटो अवधिमै हर्षिकाले कलकत्ताका झुनझुनवाला सँग विवाह गर्ने निर्णय लिएकी हुन् ।

नायिका हर्षिका श्रेष्ठले करिब एक दर्जन नेपाली फिल्म, सोही संख्यामा म्युजिक भिडियो र केही विज्ञापनमा अभिनय गरेकी छन् । पर्दामा बोल्ड दृश्य दिन नहिच्किचाउने हर्षिका अभिनित कुनै पनि फिल्म व्यापारिक रुपमा सफल छैनन् । छायाँकनको अन्तिम चरणमा रहेको फिल्म ‘लुटेरा’ सँगै हर्षिका अभिनित ‘साइकल’ फिल्म प्रदर्शन हुन बाँकी छ ।

बंगाली व्यवसायीसँग विवाह हुने निश्चित भएपछि हर्षिकाले केही दिन अघि परेको आफ्नो जन्मदिनको बर्थडे केक प्रसुनसँग नै काटेकी थिईन् । बर्थडे केक चाँहि प्रसुनले नै ल्याइदिएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

source:http://kala.setopati.com/news/1204/