यमबुद्धले मन पराउँथे शास्त्रिय संगीत
17-January-2017

पोखरा, ४ माघ । चर्चित र्याप गायक यम बुद्धको आत्महत्या प्रकरणले यतिबेला नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुबीच ठुलो तरंग ल्याएको छ । आत्महत्या गरेको ३ दिनसम्म पनि के कारणले उनले आत्महत्याको बाटो रोजेका हुन् भन्ने कुराको निक्र्यौल नआउँदा उनको मृत्युबारे अझै बढि चासो बढिरहेको छ ।

केहि समय यता यूकेमा श्रीमतीसहित बस्दै आएको यमबुद्ध उर्फ अनिल अधिकारीले आत्महत्या गरेसँगै धेरैले उनको बारेमा झन् बढि जान्न चाहिरहेका छन् । उनी कस्ता थिए, के मन पराउँथे भन्ने कुरा उनका फ्यानहरुले सामाजिक संजालहरुको माध्यमबाट धेरै सर्च गरिरहेका छन् । उनको मृत्युको रहस्य चाँडै नै पर्दाफास होला नै । यद्यपी उनको व्यक्तिगत चाहनाको बारेमा हामीले केहि समय अगाडि उनै यमबुद्धसँग कुराकानी गरेका थियौँ ।

यमबुद्ध र्याप गीतमार्फत चिनिए । मोरङमा जन्मिएका यी र्याप गायकलाई खासमा भने शास्त्रिय संगीत सुन्न मन पथ्र्यो । शास्त्रिय संगीतका विभिन्न रागहरु सुन्न उनी खुब रुचाउँथे । जक्शन डटकमसँगको केहि समय अगाडिको एउटा अन्तरवार्तामा उनले यो कुरा सार्वजनिक गरेका थिए । उनी र्यापर भएपनि हरेक शैलीको गीतहरु सुन्न रुचाउने बताएका थिए । साथै उनले राम्रा गीत जुन विधाको भएपनि सुन्न उनले सबैलाई आग्रह गरेका थिए ।

Write a Comment