स्वामी ओमको अर्को आरोप, ‘सलमानलाई एड्स छ, त्यसकारण विवाह गरिरहेका छैनन्’
20-January-2017

‘बिग बस’ को १० औं संस्करणका  निकै विवादास्पद र चर्चित प्रतिस्पर्धी स्वामी ओमले पुनः विवादास्पद बयान दिएका छन् ।  पटक पटक निशानामा पारिरहने उनले सलमानमाथि पुनः गम्भीर आरोप लगाएका छन् ।

मुम्बईमा आयोजित एक पत्रकार सम्मेलनमा ओमले सलमानलाई एड्स लागेको बताउँदै उनले अहिलेसम्म विवाह नगर्नुको पछाडि यसै रोग दोषी भएको बताएका छन् ।

सलमानले यो कुरा सबैसँग लुकाएर राखेकोसमेत उनले बताएका छन् । साथै उनले सलमानमाथि अर्को आरोप लगाएका छन् । सलमानले सार्वजनिक रुपमा यसबारे नखुलाएपनि उनको श्रीमती र छोरी भएको स्वमानीले आधारहिन आरोप लगाएका छन् । श्रीमती र छोरीलाई सलमानले लण्डनमा राखेको बताएका छन् ।

बिग बसमाथि पनि जाइलागे स्वामी ओमः

स्वामी ओमले ‘बिग बस’ माथि पनि आफ्नो रिस फेरेका छन् । उनी भन्छन्, ‘मलाई बिग बसमाथि यस्तो रिस उठेको छ कि त्यो घर तोडेर मलाई आगो लगाउन मन लागेको छ । स्मरण रहोस्, सलमानमाथि ओमको हमला यो पहिलो भने होइन । उनले सलमान र बिग बसमाथि विभिन्न आरोप लगाउँदै आएका छन् ।

सलमान विरुद्ध निस्कनेछ र्यालीः

स्वामीले आउँदो जनवरी २७ तारिखमा सलमान खानविरुद्ध एउटा र्यालीसमेत निकाल्ने बताएका छन् ।

स्वामी ओमलाई यस्तै विवादास्पद र निराधार बयान र तल्लो स्तरको व्यवहारका कारण बिग बसबाट निकालिएका हुन् ।

Write a Comment