घरमै थुनिए युवा स्टार अनमोल, लाग्यो तीस लाख भन्दा बढी घाटा
20-January-2017

युवापुस्तामा सबैभन्दा बढी रुचाइएको कलाकार हुन् अनमोल केसी । उनी जहाँ जान्छन् दर्शकको भिड लाग्ने गर्दछ । युवतीहरुका उनी ढुकढुकी भन्दा पनि फरक पर्दैन ।

यी नै अनमोल केही महिनायता घरकै थुनिएर बसेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो बास्तबिकता हो । केही महिनायता अनमोलको घरबाट बाहिर निस्किएका छैनन् ।

चलचित्र ‘कृ’ अभिनयमा तयारी गरिरहेका उनी अभिनयका लागि नयाँ लुक पनि निर्माणको क्रममा छन् । सो लकु बाहिर नआओस् भनेर उनी केही महिनायता घरको चार सिमान भित्रै सिमित भएका हुन् ।


सार्वजनिक कार्यक्रम, मिडिया अन्तर्वातालगायतबाट उनी केही महिना देखि टाढा रहदै आएको उनका पिता भुवन केसीले बताए । भुवनका अनुसार अनमोल अहिले कुनै पनि सार्वजनिक कार्यक्रममा आफुलाई नबोलाउन् भन्ने चाहन्छन् ।

नयाँ लुक्सका लागि अनमोलले घरमै बिभिन्न एक्सर साइजलगायत आवश्यक तयारी गरिरहेका छन् । उनलाई आवश्यक हरेक बस्तु आफुले घरमै उपलब्ध गराइ दिने गरेको भुवनले बताए ।

‘कृ’ अभिनय गर्दा लुक बचाउन उनले केही बिज्ञापन चलचित्र पनि छोडेका छन् । जसले अनमोललाई तीस लाख भन्दा बढी घाटा पनि लागेको छ । यसको घाटा चलचित्रले असुल गर्ने भुवनको बिस्वास छ ।


सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको कृ द सुपर काजोल फिल्मसले प्रस्तुत गर्न लागेको हो । यसको निर्माता सुवास गिरी र भुवन के.सी दुबै रहेका छन् ।

चलचित्रमा अनमोलले मोडल अदिती बुढाथोकीसँग रोमान्स गर्नेछन् । चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गर्दैछन् । उनले यस अगाडि ‘आभाष’ निर्देशन गरेका थिए ।

रातोपाटी बाट