चलचित्र विकास बोर्ड अध्यक्षमा राजकुमार राई नियुक्त
5-June-2015

२२ जेठ, काठमाडौं । पाँच महिनादेखि रिक्त चलचित्र विकास बोर्डको अध्यक्षमा राजकुमार राई नियुक्त भएका छन् । यस्तै साँस्कृतिक संस्थानको अध्यक्षमा उद्योग राई नियुक्त भएका छन् ।

rajkumar-rai

शुक्रबारको मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गरेको हो ।

५ महिनाअघि धर्मेन्द्र मरवैताले पद छाडेपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन भएको थियो । राजकुमार राई चलचित्र निर्माता संघका अध्यक्ष हुन् । उनी कांग्रेस निकट मानिन्छन् ।

चलचित्र विकास बोर्ड नेपालको चलचित्र क्षेत्र हेर्ने एकमात्र निकाय हो ।

Write a Comment

Events
Random Picks