ज्याकी च्यानले कपिल शर्मालाई सोधे ' कहिले सोचेका थियौ, म तिम्रो कार्यक्रममा आउँछु भनेर ? '
26-January-2017

‘द कपिल शर्मा शो’ कार्यक्रममा आउने विभिन्न व्यक्तित्वका कारण चर्चामा छ । कपिल शर्माले कार्यक्रममा पस्किने हाँस्यव्यङ्ग्यका कारण पनि यसले भारतलगायत नेपालमा पनि असंख्य प्रशंसक कमाएको छ ।

कपिल शर्माको पछिल्लो कार्यक्रममा ज्याकी च्यान पाहुनाको रुपमा उपस्थित भए । ज्याकी हङकङका मार्सल आर्टिस्ट, अभिनेता, फिल्म निर्देशक, निर्माता, स्टन्टम्यान र गायक हुन् । उनी आफ्नो नयाँ फिल्म कुङ फू योगाको प्रोमोसनका लागि  कार्यक्रममा उपस्थित भएका थिए ।

सोनी टिभीले रिलिज गरेको सानो प्रोमोसनमा ज्याकीले उनलाई प्रश्न सोधिरहेका देखिन्छन् । उनले कपिललाई यस्तो प्रश्न सोधे जसको सायद कपिलले अपेक्षा गरेका थिएनन् । ‘म तपाईंलाई केही प्रश्न सोध्न चाहन्छु,’ उनले भने । ‘मलाई थाहा छ तपाईंले फिल्म निर्माण पनि गर्नुभएको छ । तपाईंको थुप्रै कार्यक्रम छन् । तपाईंले कहिले सोच्नुभएको वा सपना देख्नुभएको थियो कि एक दिन म तपाईंको कार्यक्रममा आउँछु भनेर ?’ उनले यसो भनेर सोध्दा दर्शकदीर्घाबाट हाँसोको फोहोरा छुट्यो ।

दङ्ग परेका कपिलले जवाफ दिँदै भने, ‘मैले कहिले सोचेको थिइनँ सर । यसको अर्थ ज्याकी च्यानले पनि मेरो कार्यक्रम हेर्छन् ।’


कपिल शर्माको कार्यक्रम हेर्नुहुन्छ भने तपाईंहरु सबैलाई थाहा होला कि, उनले कार्यक्रममा आउने विशिष्ठ पाहुनालाई कहिले आफ्नो कार्यक्रममा आउँछु भनेर सोच्नुभएको थियो भनेर सोध्ने गर्दछन् । यसलाई उनले आफ्नो कमेडीको एक अंश नै बनाएका छन् ।

ज्याकी च्यान उनका सहकर्मी सोनु सुदसँग कार्यक्रममा उपस्थित भएका थिए ।

राटोपाटी बाट 

Write a Comment

Events
Random Picks