‘‘नेपथ्य लाईभ ईन बुटवल’’ फागुनमा हुने
27-January-2017

                          बुटवल , १४ माघ ।

एस नेपाल ईभेन्ट म्यानेजमेन्छ प्राली ले स्थापनाको पहिलो कोसेली स्वरुप ‘‘नेपथ्य लाईभ ईन बुटवल’’ गर्ने शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ । फागन १४ गते शनिबार कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । रुपन्देही सैना मैना मा रहेको अभियान नेपाल बाल गृहको भौतिक पुर्वाधार बिकास र त्यहाँ बस्ने बालबालिकाहरुके बृद्वि बिकासको लागी यो कार्यक्रम गर्न लागीएको एस नेपाल ईभेन्ट म्यानेजमेन्ट बुटवलका अध्यक्ष सन्तोष टण्डनले जानकारी दिए ।

                                                                     

बि.सं. २०६६ सालमा स्थापना भएको यो अभियान बाल गृहमा ३ वटा आभाष गृह रहेका छन भने बाल गृह ६ कट्ठा क्षेत्रफलमा अवस्थीत रहको अभियान बाल गृहका अध्यक्ष तिलक शाहीले बताए । बाल गृहमा कर्णलि अञ्चल मुगु जिल्ला बाट ९ जना, पाल्पा बाट १ जना कक्षा ३ देखि ५ कक्षा सम्म अध्यन गर्ने बालबालिकाहरु रहेको समेत सम्मेलनमा जानकरी दिईयो ।

                                                                  

साथै बाल गृहमा नवलपरासि कि प्लस टु उत्तिर्ण छात्रा समेत रहेको उनले जानकारी दिए । कार्यक्रममा एस नेपाल ईभेन्ट म्यानेजमेन्ट बुटवलका अध्यक्ष सन्तोष टण्डन, अभियान बाल गृहका अध्यक्ष तिलक शाही, मुख्य प्रायोजक द नेक्स्ट एजुकेसन का अध्यक्ष लगायत बोलेको कार्यक्रमको सञ्चालन बिकास गौतमले गरेका थिए ।

Write a Comment

Events
Random Picks