सोनाक्षीलाई छोडेर एमी ज्याक्सनलाई रोजे सलमानले
2-February-2017

मुम्बई । सलमान खानको ‘दबंग-३’ मा एमी ज्याक्सन नायिकाको रुपमा देखिने भएकी छिन् । उक्त फिल्ममा पहिला सोनाक्षी सिन्हाले अभिनय गर्ने भनिएको थियो ।

सलमानले सोनाक्षीको साटो एमीलाई अभिनय गराउन लागेको भारतीय मिडियाले जनाएका छन् । दबंगवाट करिअर सुरु गरेकी सोनाक्षीले ‘दबंग-२’ मा पनि अभिनय गरेकी थिइन् ।

त्यसो त एमी सलमानसँग काम गर्न इच्छुक छिन् । हिन्दी चलचित्र ‘किक’मा एमीसँगै सलमानले काम गर्ने कुरा थियो । ‘आइ’ नाम फिल्ममा अनुबन्ध भएपछि एमिले किकमा काम गर्न पाएकी थिइनन् । – एजेन्सी

Write a Comment

Events
Random Picks