शाहरुख र आमिरको पहिलो सेल्फी
12-February-2017

बलिउडका दुई चर्चित अभिनेता शाहरुख खान र आमिर  खान कमै मात्रमा सँगै देखा पर्दछन्। आफूलाई किङ खान सोच्ने यी दुबै फिल्ममा मात्र नभएर सार्वजनिक सभा समारोहमा पनि सँगै देखिँदैनन्।

लामो समय सँगै नदेखिएका यी केही अहिले एउटा सेल्फीमा सँगै देखिएर आफ्ना फ्यानहरुलाई आश्चर्यमा पारेका छन्। उनीहरु यसरी एउटै दृश्यमा २५ सालपछि देखिएका हुन् ।

उक्त तस्बिरलाई शाहरुखले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । उनले ट्वीट गरेका छन्, ‘हामी २५ वर्षदेखि एक अर्कालाई जान्दछौँ । तर, यो नै हाम्रो पहिलो सेल्फी हो।’

केही समयभित्र यी दुई खान एउटै फिल्ममा पनि देखा पर्ने हल्ला अहिले बलिउडमा चल्न थालेको छ ।

Write a Comment

Events
Random Picks