प्रेम दिवस, वर्तमान र इतिहास
13-February-2017

आचार्य प्रदीप

बुटवल ।

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । विश्वभरका  करोडौं प्रेमी, प्रेमीकाहरुको लागि महान दिन । हरेक वर्ष १४ फ्रेबअरीका दिन मनाइने प्रेम दिन विश्वभरी एक विशेष दिका रुपमा नै मनाउने गरिन्छ ।

खासगरी युवायुवतीहरुले एकअर्काविच अव्यक्त प्रेमलाई व्यक्त गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने अवसरको रुपमा यो दिनलाई लिने गरिन्छ । नेपालसहित संसारभर मनाइने यो दिवस विभिन्न उपहार, कार्ड, फुल तथा अन्य प्रेमका प्रतिकहरु दिएर एकअर्काबिच प्रेम साटासाट गर्ने गरिन्छ ।


यस पर्वले नेपालमा पनि विशेष स्थान पाएको छ । आधुनिक युगतर्फ लम्किरहेको हाम्रो नेपाली समाजका युवायुवतीहरु यस दिवसलाई निकै महत्वका साथ मनाउने गरेका छन् । यो पर्व मात्र युवायुवतीबिच प्रेम अभिव्यक्तिको रुपमा मात्रै नमानेर समग्रमा यस दिननै प्रेममय बनाउनुपर्छ भन्ने पनि गरिन्छ ।

त्यसैले यो प्रेम दिनलाई आफ्ना प्रियजनलाई प्रेमिले उपहार दिनु वा शुभकामना व्यक्त गर्नु पनि प्रेम दिवसको मान्यता हो । ‘भ्यालेन्टाइन डे’को दिन विभिन्न उपहार, कार्डसहित रातो गुलाफको फुल पनि दिने चलन छ । रातो गुलाफको फुललाई प्रेम र क्षमताको प्रतिकको रुपमा मानिन्छ । यस दिवसको दिन किनेर दिएको गुलाफको फुलभन्दा आफैले टिपेर वा चोरेर दिएको गुलाफको फुलले विशेष महत्व राख्दछ । यसलाई प्रेम प्रस्तावको रुपमा प्रदान गरिन्छ । यदि फुल स्वीकार गरेमा प्रेमप्रस्ताव स्वीका गरेको कुराको प्रतिक पनि  मानिन्छ ।


नेपाली समाजमा नियाल्ने हो भने प्रेम दिवसको शुरु हुनुभन्दा अगाडिबाट नै हामी नेपालीहरुमा पनि शुभकामना आदान प्रदान गर्ने, प्रेमसम्बन्धी धारणा तथा विचारहरु राख्ने, प्रेम दिवसका विभिन्न सन्दर्भहरुमा लेख, विचार, साथै अभिव्यक्तिहरु प्रस्तुत हुने गर्दथ्यो । हामी नेपालीहरु प्रेम दिवसको मात्रै हैन, पश्चिममा देशहरुको प्रचलित प्रचलन र संस्कारको सिको गर्न अग्रसर हुन्छौं । तर, व्यवहारमा भने उर्तान सक्दैनौं । यदि हामी नेपालीहरु प्रेम दिवसको अनुसरण नै गरेको हो भने हामीमा संयमता र समानताको भावनाको ख्याल गर्नुपर्ने हो । जुन न्युन मात्रामा छ ।

हामीहरु साँच्चै नै हाम्रो विद्यमान संस्कार, संस्कृतिभन्दा माथि उठेर अलि आधुनिक र विकसित हुन खोज्छौं । तर पनि नेपालीहरु प्रेम दिवसलाई खुसीका साथ मनाउँदै आइरहेका छौं । यस दिन गिफ्ट पसलमा गिफ्ट खरिदको लागि केही दिन अघिबाट नै युवायुवतीको भिड देख्न सकिन्छ । विशेषगरी यस्ता पसलहरुमा युवायुवतीहरुले गुलाफको फुल, जोडी अंकित मूर्ति, कार्ड, चक्लेट तथा अन्य उपहार सामानहरु किन्ने गर्दछन् । जस कारण यस अवसरमा करोडौंको व्यापार हुने हुँदा व्यापारीहरु पनि हर्सित छन् । हुन त प्रेम कुनै विशेष जात, धर्म, समुदाय र वर्गमा भर नहुने हुँदा प्रेमको महत्व सबैमा उत्तिकै रहेको पाइन्छ ।


प्रेम दिवसलाई अझै उल्लासमय र प्रेममय दिन बनाउनको निम्ति सामाजिक सञ्जालको पनि व्यापक प्रयोग हुने गरेको छ । यसको पुष्टि ट्विटर, फेसबुक जस्ता सामाजिक सञ्जालमा गरिएको प्रेम दिवस सम्बन्धी चर्चा र शुभकामना आदान प्रदानबाट पुष्टि हुन्छ । प्रेम दिवसलाई विभिन्न मुलुकहरुमा सप्ताहकै रुपमा साताभरी मनाउने गर्दछन् । जसमा सप्ताहको पहिलो दिन रोज डे, दोस्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन डे डे, पाँचौ दिन प्रमिस डे, छैटौं दिन हग डे, सातौं दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डेको रुपमा मनाउने गरिन्छ ।

यस दिनमा युवायुवतीहरु एकान्त ठाउँ तथा विभिन्न डेटिड्ड स्थलहरुमा डेटिड्ड जाने, उपहार आदान प्रदान गर्ने, प्रेम प्रस्ताव राख्ने तथा प्रेमी प्रेमिकालाई सदावार प्रेमको आभास गराउने दिनको रुपमा लिनेहरुको संख्या पनि कमी छैन । प्रेम दिवस  विशेषगरी ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी लोकप्रिय मानिन्छ ।


संसारभर लोकप्रिय भ्यालेन्टाइन डेको इतिहास भने अलि फरक छ । भ्यालेन्टाइन डेको इतिहास ‘बलिदान’सँग सम्बन्धित छ । तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ का खास अर्थ फर्केर  हेर्दा पादरी सेन्ट भ्यालेन्टाइनको बलिदान जोडिन आउँछ । तत्कालिन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानवधर्म विरुद्ध भएको भन्थे ।

त्यसपछि भ्यालेन्टाइनले सम्राटको आदेश विपरित विभिन्न लुकिछिपी जोडीहरुको विहे गराइ दिन थाले । यो खबर एक कान, दुई कान, मैदान, हुँदै सम्राटसम्म आइपुग्यो । र सम्राटको आदेशमा भ्यालेन्टाइनलाई प्रक्राउ गरियो अनि जेलमा थुनियो र मृत्युदण्ड दिने निर्णय गरियो । भ्यालेन्टाइनलाई झुण्ड्याउनु अगाडि उनले Love from your Valentine  भनी हस्ताक्षर गरी एउटा नोट एक महिलालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फ्रेबअरी १४ तारिखका दिन झुण्डयाइएको थियो । उनलाई मृत्युदण्ड दिएको दिनमा भ्यालेन्टाइन डे मनाउन थालिएको हो ।

भ्यालेन्टाइनले ती महिलालाई प्रेमका बारेमा दिएको उक्त लिखित नोटलाई आज पनि उत्तिकै विश्वास मानिन्छ र भ्यालेन्टाइन डेका दिन आफ्नो सन्देश खबर लेखेर प्रेमी प्रमिकालाई दिने चलन चलेको हो । उनको बुझाइअनुसार अनुशासनको दायराभित्र  हुने प्रेम र आर्कषणमा ईश्वर पनि खुसी हुन्छन् । जसकारण उनले राजाको आदेश अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित गर्ने जोडीहरु खोजेर सार्वजनिक स्थलमै सामूहिक विवाहहरु पनि सम्पन्न गर्ने गर्दथे । सोकारण उनलाई मृत्युदण्ड दिइएको थियो । उक्त दिन अहिले पनि प्रेमी–प्रेमीकाको लागि विशेष दिन बन्दै आएको छ ।

२०औं सताब्दीमा आएर भ्यालेन्टाइन डेलाई  युरोपभरी मनाउने प्रचलनमा ल्याइयो भने २१औं शताब्दीमा आएर यो दिवस संसारभरी मनाउन थालियो । यसरी भ्यालेन्टाइन डेलाई संसारभरी प्रेममय दिनको रुपमा मनाउन थालिएको हो । तर विश्वका केही मुलुकहरुमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध गरिएको छ । जसमा साउदी अरब, मलेसियामा मुस्लिमलाई प्रतिबन्ध, इरान र इन्डोनेशिया रहेका छन् । 


विशेषगरी फ्रेबअरी महिनालाई प्रेम र शान्तिको महिना पनि भनेर चिनिन्छ । यस अवसरमा जसरी युवायुवती तथा प्रेमप्रेमीकाहरु फ्रेबअरी १४लाई प्रेम र विश्वासको दिनका रुपमा मनाइरहेका छन् त्यसैगरी देशका राजनैतिक दलहरुले पनि यस महिनालाई देशलाई सकारात्मक निकासको बाटोतर्फ लैजान सकून । यही छ मेरो शुभकामना । ह्याप्पी भ्यालेन्टाइन  डे ।

Write a Comment

Events