‘भ्यालेन्टाइन डे’ मा प्रेमिकाका लागि प्रेमीले २ हजारको नोटले सजाए कार, पुगे जेल
15-February-2017

फागुन ३  |   एजेन्सी

भ्यालेन्टाइन डे लाई विशेष बनाउनका लागि कोही जोडीले सबै हद पार गर्ने गर्दछन् । आफ्नी प्रेमिकालाई प्रभावित गर्नका लागि एक प्रेमीले विभिन्न प्रकारको उपहार र फूल दिने गर्दछ । प्रेमिकालाई खुसी तुल्याउनका लागि प्रेमीले भिन्न तरिका अपनाउने गर्दछ तर एक प्रेमीको यस्तो व्यवहारले उनलाई जेल पुर्याएको छ ।

मुम्बईका एक प्रेमीले आफ्नी प्रेमिकालाई अचम्मित बनाउनका लागि आफ्नो कारलाई दुई हजारको नोटले सजाए । उक्त कार उनी आफ्नी प्रेमिकालाई उपहारस्वरुप दिन चाहन्थे । उक्त उपहार प्रेमिकालाई दिन जाँदा सडकमा गुडिरहेको अचम्मको कार देखेर पुलिससमेत चकित खाए ।

अमर उजालाको रिपोर्ट अनुसार ती प्रेमीले आफ्नी प्रेमिकालाई भ्यालेन्टाइन डे मा केही भिन्न तरिकाले प्रस्ताव राख्न चाहन्थे त्यसकारण उनले यसका लागि एउटा कारलाई २ हजारको गुलाबी नोटले सजाइदिए । गाडीलाई सडकमा गुडाउनेबित्तिकै उनलाई गाडीसहित तुरुन्त कारवाही गरियो । फलस्वरुपः भ्यालेन्टाइन डे मनाउन हिँडेका एक युवक जेलमा पुगे । यद्यपी, पुलिसले ती व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।

राताेपाटि बाट साभार 

Write a Comment

Events
Random Picks