'लभ लभ लभ' को ट्रेलर सार्वजनिक
23-February-2017

फागुन १२, काठमाडौै : वैशाख १ गते देखि प्रर्दशनमा आउन लागेको फिल्म 'लभ लभ लभ' को ट्रेलर सार्वजनिक भएको छ।

सुरज सिने आर्टस् को ब्यानरमा निर्माण भएको उक्त फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन्। सुरज पाण्डे, स्वस्तिमा खड्का, रमेश बुढाथोकी लगायत कलाकारको अभिनय रहेको 'लभ लभ लभ'लाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन्। रोमान्टिक जेनराको यस फिल्मको ट्रेलरमा सुरज र स्वस्तिमाको माया प्रेम झल्काउन खोजिएको छ। ट्रेलरमा सुरजले स्वस्तिमाको पिछा गरिरहेको देख्‍न सकिन्छ। 
 

Write a Comment

Events
Random Picks