फेसबुकमा सक्रिय बन्दै पोर्न भाइरस, आफ्नो वालमा नदेखिने गराउनका लागी यसो गर्नुहोस्
9-June-2015

जक्सन डटकम । इन्टरनेट सँग जोडीएका प्राय ब्यक्तिहरुको फेसबुक एकाउन्ट छ । आफ्ना साथी इष्टमित्र लगायतका निकटका ब्यक्तिहरु फेसबुकमा जोडिन्छन् । तर  बिश्वकै चर्चित सामाजीक संजाल रहेको फेसबुकमा  यतिबेला पोर्न भाइरस सक्रिय भएको छ । पछिल्ला तिन दिन यता आफ्नै साथिहरुबाट पोर्न भिडियो ट्याग हुन थाले पछि यसका प्रयोगकर्ताहरुका निरासा छाएको छ । वालमा नै देखीने गरी ट्याग भएपछि कतिपयलाइ यसले लाजमर्दो नै गराएको छ। यसबारे फेसबुकले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

वालमा नदेखिने गराउन यसो गर्नुहोस्

आफ्नो एकाउन्टको सेटिङमा जानुहोस् । Timeline and tagging मा जानुहोस् । त्यसपछि  Review posts friends tag you in before they appear on your timeline? option मा गएर त्यसलाइ ON गर्नुहोस् । अब तपाइको फेसबुक वालमा त्यसरी ट्याग भएको फोटो अथवा भिडीयो देखिदैन । 

Write a Comment

Events
Random Picks