साम्राज्ञीले गरिन्‘छक्का पन्जा फेरि’ रिजेक्ट
18-March-2017

ड्रिम अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले चलचित्र ‘छक्का पन्नाको सिक्वेल ‘छक्का पन्जा फेरि’को अभिनय अफर अस्विकार गरेकी छन् ।

निर्माण पक्षले चलचित्र अभिनयका लागि दिएको अफरलाई उनले रिजेक्ट गरेको बताइएको छ ।

केहि दिन अगाडि घोषणा गरिएको यो चलचित्रको पहिले नाम ‘छक्का पन्जा २’ राखिएको थियो । तर केही दिनमै चलचित्रको नाम फेरिएको छ ।

निर्माता तथा कलाकार दीपकराज गिरी चलचित्रको छायांकन बैशाखबाट सुरु गर्ने सुरमा छन् । जसको निर्देशन दीपाश्री निरौले गर्ने भएकी हुन् ।

दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की र बर्षा राउत सहित अहिलेका युवा पुस्ताका कलाकार प्रदीप खड्का र साम्राज्ञीराज्यलक्ष्मी कलाकारको रुपमा लिने निर्माण पक्षले योजना बनाएको थियो । तर चलचित्र अभिनय अफर साम्राज्ञीराज्यलक्ष्मीले अस्विकार गरेकी बुझिएको छ, भने प्रदीपले कुनै जवाफ दिएका छैनन् ।

पछिल्लो समय निर्माण भएका लुट र दपर्ण छायाँको सिक्वेलले अनुमानित ब्यवसाय गर्न नसकेको कारणले पनि साम्राज्ञीराज्यलक्ष्मीले सिक्वेल तिर इन्टेश नदिएकी हुन् ।

अर्काे कारण यहि चलचित्रको छायाँकन समयमा उनी कोरियोग्राफर रेनशा वान्तवा राइको निर्देशन रहने चलचित्र ‘इन्टु मिन्टु’मा काम गर्दैछिन् ।

Write a Comment

Events
Random Picks