कपिललाई सुनिल ग्रोभरको जवाफ : ‘भगवान’ बन्न बन्द गर
21-March-2017

मुम्बई – चर्चित कमिडियन कपिल शर्मा र सुनिल ग्रोभरबीचको लडाईंले यति निकै चर्चा कमाई रहेको छ ।

अस्ट्रेलियामा शो गरेर फर्किने क्रममा कपिलले सुनिलमाथि दुर्व्यवहार गरेको समाचारहरु बाहिर आएको थियो ।

हालसम्म यस मामिलामा मौन रहेका सुनिलले अन्ततः मुख खोलेका छन् ।

कपिललाई समाजिक सञ्जाल ट्वीटरमा मेन्सन गर्दै उनले लेखेका छन्, ‘एउटा मात्र सुझाव छ मेरो, जनवारलाई मात्र होइन मानिसहरुलाई सम्मान गर्न शुरु गर । सबै तिमीजस्तो प्रतिभावान छैनन् । तर, यदी सबै तिमीजस्तै प्रतिभावान भयो भने कसले तिम्रो कदर गर्ला ? त्यही भएर उनीहरुको अस्तित्वलाई पनि सम्मान गर ।’

यसले दुई वीचको विवादलाई छताछुल्ला पारिदिएको छ । सम्भवतः ‘डा. मसहुर गुलाटी’ लाई अब कपिल शर्मा शोमा देख्न पाइने छैन ।

यसअघि कपिल शर्माले फेसबुकमा यो प्रकरणबारे स्पष्टिकरण दिएका थिए । त्यसपछि ट्वीटरमा उनले सुनिलसँग माफीसमेत मागेका थिए ।

मंगलबार बिहान सुनिलले ट्वीट गर्दै कपिललाई जवाफ फर्काएका छन् ।

रक्सीले मातिएका कपिलले मेलबोर्नबाट फर्किँदा सुनिललाई ‘तेरो औकात केहो र तैँले मलाई यस्तो भनेको,’ जस्ता शब्द प्रयोग गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

सुनिलले जवाफमा आफू निकै दुःखी भएको र आफूलाई भगवान ठान्न बन्द गर्न सुझाव दिएका छन् ।

सोमबार कपिल शर्माको सबै टिम तपसी पन्नु र मनोज बाजपेयीसँग देखिएका थिए तर, सुनिल भने देखिएनन् ।

शोमा डा. मसहुर गुलाटी र रिंकु भाभीको भूमिका देखिन्छन् । स्रोतका अनुसार कपिलको टोलीले उनलाई फकाउन निकै कोशिस गरिरहेका छन् । उनी फर्किन्छन् वा फर्किन्दैनन् भन्ने अझै यकिन भइसकेको छैन ।

Write a Comment

Events