सायद–२ को ट्रेलर नयाँ वर्षको अवसर पारेर भव्य कार्यक्रम गरी ल्याइने
31-March-2017

चलचित्र क्षेत्रमा सायद, होस्टेल, होस्टेल रिटर्न जस्ता उत्कृष्ट सिनेमा निर्माण गर्दै आएको दुर्गिश ब्यानरको अर्को प्रतिक्षित चलचित्र ‘सायद–२’ लाई भव्य तरिकाले बजारमा ल्याइने भएको छ ।

यस चलचित्रको ट्रेलर नयाँबर्षको अवसर पारेर शुभकामना आदान प्रदान गर्दै भब्य कार्यक्रमका साथ सार्वजनिक गर्न लागिएको हो । ‘न्यु ईयर ईभ म्युजिकल नाईट’ नाम दिइएको उक्त कार्यक्रमको विशेष आकर्षण भनेको विभिन्न विशिष्ट कलाकार तथा पत्रकारहरुका बीच ‘सायद–२’ टीमको उपस्थितिमा ट्रेलर रिलिज नै रहेको फिल्मका निर्माता तथा दुर्गिश ब्यानरका सुनील रावलले जानकारी गराए ।

आयोजकको रुपमा दुर्गिश फिल्मस् प्रालिसंगै ह्यापी ईभेण्ट्स पनि रहेको छ । यही चैत ३१ गते साँझ ५ बजेदेखि ईण्टरनेशनल क्लब, सानेपामा हुने कार्यक्रममा विभिन्न डिजेहरुको पनि प्रस्तुति रहने छ । कार्यक्रममा उपस्थितिका लागि सबैलाई सार्वजनिक रुपमै आव्हान गरिएको छ । २०७४ साल असार ३० गते प्रदर्शन मिति तय भएको फिल्म ‘सायद– २’ को मुख्य भूमिकामा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनील रावलको समेत अभिनय रहेको छ ।

दुर्गिश फिल्मको ब्यानरमा सुनील रावलले निर्माण गरेको फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् । निर्माण युनिटमा रावलका अलावा ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रको प्रिमियर जापानमा हुनेछ । आगामी मे १४ तारिखमा हुने प्रिमियरका लागि सुनील रावल, दुर्गिश थापा, सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ र संचारकर्मी श्याम अर्याल जापान जानेछन् ।

Write a Comment

Events
Random Picks