आमिर खानका तिन रेकर्ड जुन कसैले तोड्न सक्दैनन् : अब सलमान बनाउदैछन् चौथो रेकर्ड
3-April-2017

बलिउड बक्स अफिसमा केही वर्षदेखि तीन खान छाइरहेका छन् । सलमान, आमिर  र शाहरुखले कैयौँ कीर्तिमान बनाइसकेका छन् बलिउडमा । केही समययता शाहरुख भने पछाडि छाडिएका छन् । आमिर–सलमान अगाडि बढेका छन् । यी दुईको चलचित्रले बक्स अफिसमा केही यस्ता कीर्तिमान बनाए, जो शाहरुख खानको बुताले भ्याउँदैन । आमिरले तीन यस्ता रेकर्ड बनाए जुन अब तोडिनेछैनन् । 

‘गजनी’ पहिलो यस्तो चलचित्र थियो, जसले सय करोड क्लबको सुरुआत गरेको थियो । अर्थात् यसले सय करोडको आँकडा पार गरेको थियो । ‘थ्री इडियट्स’ पहिलो चलचित्र थियो, जसले दुई सय करोड क्लबको सुरुआत गरेको थियो । चलचित्र ‘पीके’ जसले तीन सय करोड क्लबको सुरुआत गर्यो । यी तीनै चलचित्रमा आमिर खान शीर्ष भूमिकामा थिए । पछि यो क्लबमा अरू चलचित्र समेत समावेश भए । आमिरका नाममा यो रेकर्ड सधैँका लागि रहनेछ ।

यसै प्रकारको आगामी रेकर्ड पनि बन्न सक्छ, जब कुनै स्टारले बक्स अफिसमा चार सय करोडको आँकडा पार गराउँछ । सलमान खान चाहन्छन्, उनको चलचित्र ‘ट्युबलाइट’ले चार सय करोड क्लबको सुरुआत गरोस् । यो चलचित्र आगामी ईदमा रिलिज हुँदैछ । आमिर खानको ‘दंगल’ चार सय करोडभन्दा थोरै नजिक थियो, जसले ३८७ करोडसम्म चलचित्रको कलेक्सन पुर्यायो । सलमान खानले चलचित्र ‘ट्युबलाइट’का माध्यमबाट चार सय क्लबको समेत सुरुआत गर्ने आशा गरिएको छ ।

Write a Comment

Events
Random Picks