अक्षयले जिते नेशनल अवार्ड, ट्वीटरमा उडाइयो खिल्ली !
9-April-2017

नयाँ दिल्ली – ६४ औं नेशनल फिल्म अवार्डको घोषण शुक्रबार भयो जसमा फिल्म ‘रुस्तम’ का लागि अक्षय कुमारलाई उत्कृष्ट नायकको रुपमा चुनिएको छ । २६ वर्षको फिल्मी करियरमा अक्षयले पहिलो पटक नेशनल अवार्ड जितेका हुन् । अवार्डको घोषणा हुनेबित्तिकै सोसल मिडियामा मानिसहरुले अक्षयलाई बधाई दिन सुरु गरे । अक्षयले पनि भिडियो पोष्ट गरेर प्रशंसकलाई धन्यवाद दिए । एकातर्फ मानिसहरुले अक्षयलाई बधाई दिइरहेका थिए भने ‘दंगल’, ‘अलीगढ’ जस्ता उत्कृष्ट फिल्मलाई छोडेर ‘रुस्तम’ ले अवार्ड पाउँदा सोसल मिडियामा उनको खिल्ली उडाइँदै छ ।

Write a Comment

Events
Random Picks