
एजेन्सी
बैशाख ५ – पुनम पाण्डेका ती प्रशंसकका लागि नराम्रो खबर छ जसलाई उनको एपको व्यग्र प्रतिक्षा थियो ।
सधैं आफ्नो बोल्ड अन्दाजका लागि चर्चामा रहने पूनम पाण्डे सोमबार आफ्नो एप लञ्च गर्ने तयारीमा थिइन् र उनले आफ्नो बचन पनि पूरा गरिन् तर केही समय पछि नै गूगलले यो एपलाई प्रतिबन्ध गरिदियो ।
स्मरण रहोस्, सोमबार दिउँसो ३ बजे यो एपलाई डाउनलोडका लागि सार्वजनिक गरिएको थियो तर लगत्तै यो एप डाउनलोड हुन समस्या भएको थुप्रै प्रशंसकले बताएपछि यसबारे थाहा भएको बताइएको छ ।
पूनम पाण्डेले यो एप सार्वजनिक गर्नका लागि थुप्रै हट र बोल्ड फोटोको प्रोमोशन पनि गरिन् । आफ्नो एप प्रतिबन्ध भएको कुरा पूनम पाण्डे आफैले सोसल साइटमार्फत जानकारी दिएकी थिइन् ।