‘मिस एसएलसी पोखरा’को फाईनल भोली शुक्रबार
11-June-2015

एसएलसी दिएर बसेका किशोरीहरुबीच हुने सुन्दरी प्रतियोगिता ‘मिस एसएलसी पोखरा’को फाईनल भोली शुक्रबार हुँदैछ । करिब डेढ महिनाको बन्द प्रशिक्षण पछि उनीहरु ‘को भन्दा को कम’को शैलीमा मिस एसएलसीको ताज हत्याउने दाऊमा छन् । र, ताज कसको पोल्टामा पर्ने हो त्यो भने ग्राण्ड फिनालेले नै देखाउनेछ ।

‘ईभेन्ट्स फर यू’ नामक ईभेन्ट अर्गनाईजर कम्पनीले आयोजना गरेको सुन्दरी प्रतियोगिता ‘मिस एसएलसी पोखरा’को दोस्रो सँस्करणका लागि सम्पूर्ण तयारी पुरा भैसकेको छ । कम्पनीका अध्यक्ष विशाल गुरुङले सम्पूर्ण तरिकाले प्रतियोगीहरुलाई ग्राण्ड फिनालेको लागि तयार पारिसकेको बताए । उनले भने–‘ताजको लागि सबै प्रतियोगीहरु दाबेदार छन् । तर ताजको हकदार भने एकजना हुनेछन् । र, त्यो निर्णय भोली शुक्रबार नै हुनेछ ।’

कम्पनीले डेढ महिनाको बीचमा प्रतियोगीहरुलाई व्यक्तित्व विकास, बोल्ने शैलीको विकास, नेतृत्व विकास, नृत्य र क्याटवाक शैली सिकाएको बताएको छ । यो डेढ महिना फेशन कोरियोग्राफरको रुपमा मिसेज पोखरा सरिता गुरुङ र डान्स कोरियोग्राफरको रुपमा तृष्णा क्षेत्रीले प्रतियोगीहरुलाई सिकाएका थिए ।

ग्राण्ड फिनालेका लागि निर्णायकहरुमा सिपोरा गुरुङ, विमला भण्डारी, अरुण गिरी, शिव शर्मा, छवि सुवेदी, भुपालकुमार गुरुङ र किसान सुनार रहेका छन् । उनीहरु मिडिया, रंग र सामाजिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु हुन् ।

Source: http://www.mainkhabar.com/miss-slc-news/

Write a Comment

Events
Random Picks